चिनियाँ राजदुतावास अगाडी प्रदर्शन गर्ने विधार्थी पक्राऊ
वि.सं.२०७७ असोज १२ सोमवार १२:३१
2.5K
shares
काठमाडौं : चीनले नेपालको सिमाना मिचेको भन्दै प्रदर्शनमा उत्रिएका नेपाल विधार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले बालुवाटारस्थित चिनियाँ राजदुतावास अगाडी हुम्लाको नाम्खा गाउँपालिकाको ललुङजोङ क्षेत्र मिचेर भवन बनाएको आरोप लगाउँदै नेविसंघले आज प्रदर्शनमा उत्रिएको थियो । नेविसंघका पूर्व महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा प्रदर्शनमा उत्रिएको ६ जना विधार्थीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त हाँडीगाउँमा राखेको छ । पक्राउ पर्नेहरुमा नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, बिन्दा बोगटी, अर्वत खड्का र दीपेन्द्र खड्का रहेका छन् ।
वि.सं.२०७७ असोज १२ सोमवार १२:३१




















