YouTube Link

पौडेल समूहले विरोधपत्र दर्ता गर्दा सिटौला किन मौन ?

Facebook Link

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्णयको विरोध गर्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज सोमबार पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्ने भएको छ ।

लामो समयदेखि पार्टीभित्र सभापति देउवाले मनोमानी ढंगले पार्टी संचालन गरेको भन्दै बिरोध गर्दैै आएको पौडेल समूहले हिजो आइतबार विरोधपत्र दर्ता गर्ने भनिएपनि समयअभावको कारण भन्दै हिजो विरोधपत्र दर्ता गर्न सकेको थिएन । हिजो गर्ने भनिएको विरोधपत्र दर्ता गर्ने कार्य पार्टीका अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले हस्ताक्षर नगरेकाले हुन नसकेको समाचार बाहिर आएको थियो ।

बिरोधपत्र दर्ता गर्ने विषयमा बरिष्ठ नेता पौडेल र सिटौलाबीच छलफल चले पनि त्यसले मूर्तरुप लिन नसकेकाले हिजो गर्ने भनिएको विरोधपत्र दर्ता गर्ने कायर्उ रोकिएको थियो । आज भने सिटौलाले हस्ताक्षर नगरेपनि विरोधपत्र दर्ता गर्ने कार्यक्रम रहेको पौडेल पक्षले जनाएको छ ।

उता पौडेल समूहले विरोधपत्र दर्ता गर्न लागे पनि सिटौल भने मौन देखिएका छन् । उनले हिजो आइतबार पौडेलले हस्ताक्षर गर्न आग्रह गरे पनि हस्ताक्षर गरेका थिएनन् । उनले उल्टै पौडेललाई तपाई नै हस्ताक्षर गर्नुहोस तपाईले गरेपनि हाम्रो समूहको नेतृत्व हुन्छ भन्दै हस्ताक्षर गर्नबाट पछि हटेका थिए ।

यसरी हस्ताक्षर गर्नबाट सिटौला पछि हटेपछि पौडेल समूहले मात्र विरोधपत्र दर्ता गर्न लागेको पौडेल समूहका एक नेताले अखबार नेपाललाई जानकारी दिए ।

पार्टी संचालनका क्रममा सभापति देउवाले गरेको एकलौटी निर्णयहरु सच्याउन आग्रह गर्दै पौडेल समूहले विरोधपत्र दर्ता गर्न लागेका हुन । पौडेल समूहका २७ नेताद्वार हस्ताक्षरित विरोधपत्र दिउँसो १ बजेपछि पार्टी कार्यालयमा दर्ता गरिने पौडेल समूहले जनाएको छ ।
पौडेल समूहले सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तारका काम विधान मिचेरै आफूखुसी गरेको भन्दै पछिल्लो समयमा गरिएका निर्णय सच्याउनुपर्ने माग गरेको थियो ।

गत शनिबार काठमाडौँको बसुन्धरामा सम्पन्न पौडेल समूहको भेलाले सभापति देउवलाई पछिल्ला निर्णय सच्याउन दबाबका लागि विरोधपत्र दर्ता गर्नुपर्ने निष्कर्ष निकालेको थियो भने त्यसैअनुरुप आज विरोधपत्र दर्ता गर्न लागेका हुन ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...