नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गर्यो
वि.सं.२०७७ असोज ९ शुक्रवार १५:२७
1.8K
shares
काठमाडौं: नबिल बैंकले नबिल ग्रिन पिन सेवा मार्फत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहकहरुलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधाको सुरुवात गरेको छ ।
बैंकका ग्राहकहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सिए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका ग्राहकले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको OTP प्राप्त हुने र ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर Generate OTP for PIN मेनु छान्नु पर्छ । । ग्राहकले “Enter OTP to Change Your Pin” मेनु छनौट गरि प्राप्त OTP राखी पिन सेट अथवा रिसेट गर्न सकिने बैंकले जनाएको छ ।
नबिल बैंकले देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु सहित नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले बैंकले हालै नबिल डिजी बैंकको स्थापना गरेको छ ।
वि.सं.२०७७ असोज ९ शुक्रवार १५:२७




















