Texas College
YouTube Link

बारा र पर्सामा आएको हावा हुरी पूर्वानुमान प्रविधि आफूसँग नभएको मौसम पूर्वानुमान महासाखाको भनाई

Facebook Link

काठमाडौं: आईतवार बारा र पर्सामा ठूलो जनधनको क्षति हुने गरि आएको हावाहुरीको पूर्वानुमान गर्न नसकिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन सहित बर्ष हुने पूर्वानुमान गरे पनि उपकरण र प्रविधिको अभावमा हावाहुरीको पूर्वानुमान गर्न नसकिएको महाशाखाले स्पष्ट पारेको छ ।

अहिले प्रि मनसुनको सिजन भएकोले मौसम पूर्वानुमान महाशाखाले यो समयमा सामान्य हावाहुरी सहितको बर्षा र मेघगर्जन हुनुका साथै चट्याङ पर्नुलाई सामान्य रुपमा लिदै आएको र सोही अनुसार मौसम पूर्वानुमान गर्दै आएको महाशाखाले जनाएको छ ।

महाशाखाले प्रत्येक दिन आगामी तीन दिनसम्मको मौसमी अवस्थाको पूर्वानुमान गर्दै आएको छ । आईतबार पनि महाशाखाले तीन दिन सम्मको मौसमको अवस्थाको पूर्वानुमान गरेको थियो । महाशाखाले गरेको मौसमको पूर्वानुमान मध्य र पूर्वी नेपालका केही स्थानमा मेघगर्जन सहित पानी पर्ने प्रक्षपण गरेको थियो । तर धेरै स्थानमा महाशाखाले भने जस्तै मौसमी अवस्था रहेपनि बारा र पर्सामा भने अचानक ठूलो हावाहुरी आयो र ठूलो जनधनको क्षति भयो ।

यति ठूलोजनधनको क्षति हुने गरि हावाहुरीका बिषयमा महाशाखाको पूर्वानुमान गर्न नसकेको र भारतले नेपालसँग सिमा जोडिएका राज्यहरुमा ठूलो हावाहुरी आउने प्रक्षेपण गरेको अवस्थामा समेत उक्त सूचनालाई व्यवस्था गरेको आरोप समेत लागेको छ । तर महाशाखाले भने हावाहुरीको पूर्वानुमानका लागि आवश्यक उपकरण र मोडलको अभावमा आईतबारको मौसमी अवस्थाको आकलन गर्न नसकिएको दाबी गरेको छ ।

ठूलो हावाहुरी आएको बारा र पर्सामा हावाको गति कति थियो अहिले पनि महाशाखा भन्न सक्ने अवस्थामा नरहेको जनाएको छ । कति गतिमा हावाहुरी आएको हो भन्न आधिकारिक डाटा नभएपनि प्रति सेकेण्ड २० मिटर हावाको गति रहेको अनुमान गरेको छ ।

महाशाखाले अनुमान गर्न नसके पनि आखिर यति ठूलो हावाहुरी के कारणले आयो त भन्ने धेरैको चासो छ । वारा र पर्सामा यस्तो अवस्था आउनुमा वायुमण्डलको माथिल्लो भागमा न्यूनचापीय रेखा देखा परेको र तल्लो तहमा एक डेढ किलोमिटर सम्म बंगालको खाडीबाट आएको तातो हावाको सहयोगमा स्थानीय हावा बिकसित भएर एक्कासी ठूलो हुरी आएको हुन सक्ने अनुमान गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...