यामाहाको नयाँ रे जेडआर १२५ एफआई सार्वजनिक
वि.सं.२०७७ असोज ८ बिहीवार १६:३९
1.3K
shares
काठमाडौं: यामाहा नेपालले नयाँ रे जेडआर १२५ एफआई सार्वजनिक गरेको छ । कम्पनीले नेपालमै पहिलोपटक भर्चुअल प्रविधिमार्फत सार्वजनिक गरेको दाबी गरेको छ ।
यामाहाको नयाँ रे जेडआर १२५ एफआईले ७.५९ सेकेन्डमा ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्ने साथै यसको माइलेज पनि सबैभन्दा बढी ५८ किलोमिटर प्रतिलिटर रहेको छ । अन्य फिचरहरू पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट बनाइएको कम्पनीले जनाएको छ ।
यसमा १२५ सीसीको बीएस ६ मापदण्डयुक्त यामाहाको प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन रहेको छ । यसमा अंग्रेजी अक्षर ‘वाई’ आकारको एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर रहेको कम्पनीले जनाएको छ ।
यसको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
वि.सं.२०७७ असोज ८ बिहीवार १६:३९



















