डाक्टर गोविन्द केसी टिचिङ अस्पताल पुगे
वि.सं.२०७७ असोज ६ मंगलवार २२:५१
1.5K
shares
काठमाडौं: आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै डाक्टर गोविन्द केसीले घर जाने इच्छा व्यक्त गरेपछि राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले उनलाई डिस्चार्ज गरेपछि अहिले उनी त्रिवि शिक्षण अस्पतालमा पुगेका छन् ।
उनी आफ्ना सहयोगीहरुका साथमा ट्याक्सी चढेर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । उनले आफ्नो स्वास्थ्य जाँच त्रिवि शिक्षण अस्पतालमा गराउने र अस्पतालमा बसेर अनसनलाई जारी राख्ने बताएका छन् ।
यसअघि डा केसीलाई प्रहरीले उपचारका लागि नेपाल राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो । डा. केसीले आफूले ट्रमामा चेकजाँच नगर्ने अडान लिएका थिए । उनले ओली सरकारले जबरजस्ती अपहरण गरेर ट्रमा पुर्याएको बताएका थिए ।
वि.सं.२०७७ असोज ६ मंगलवार २२:५१



















