YouTube Link

नेपाली बजारमा हुन्डाईको नयाँ जेनेरेसन क्रेटा भित्रियो

Facebook Link

काठमाडौं: नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले डिजिटल प्लेटफर्मको माध्यमबाट नेपाली बजारमा हुन्डाईको नयाँ जेनेरेसन क्रेटा लन्च गरेको छ ।

नयाँ हुन्डाई क्रेटा विभिन्न ६ भेरिएन्टमा उपलब्ध हुनेछ । डिजेल इन्जिनमा यो ई र एस भेरिएन्टमा उपलब्ध हुनेछ । यसको मूल्य क्रमशः ४३ लाख ९६ हजार र ५४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी पेट्रोल इन्जिनमा यो ईएक्स, एस, एसएक्स भेरिएन्टमा उपलब्ध हुनेछ । एसएक्समा पनि पेट्रोल र सीभीटी पेट्रोल गरी दुई अप्सन हुनेछ । पेट्रोल इन्जिनयुक्त हुन्डाई क्रेटा ईएक्सको मूल्य ४८ लाख ९६ हजार, एसको मूल्य ५२ लाख ९६ हजार, एसएक्सको मूल्य ५९ लाख ९६ हजार र एसएक्स सीभीटी पेट्रोलको मूल्य ६५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

हालै उपलब्ध नयाँ हुन्डाई क्रेटाको डिजेल र पेट्रोल दुवै इन्जिनमा १.५ लिटरयुक्त बीएस ६ इन्जिन छ । डिजेल इन्जिनले ११५ पीएस पावर र २५५ एनएम टर्क जेनेरेट गर्छ भने पेट्रोल इन्जिनले ११५ पीएस पावर र १४७ एनएम टर्क जेनेरेट गर्छ । सो गाडीको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ भने १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ । विभिन्न ७ कलरमा नयाँ जेनेरेसनको हुन्डाई क्रेटा नेपाली बजारमा उपलब्ध भएको छ ।

नयाँ हुन्डाई क्रेटाको फ्रन्टमा नयाँ थ्रीडी क्यास्केड ग्रिल, नयाँ डिजाइनको ठूलो एलईडी हेडल्याम्प, नयाँ स्प्लिट एलईडी डीआरएल, बुल बार शेप सिल्भर क्लेडिङको साथमा नयाँ बम्पर र नयाँ फगल्याम्प हाउजिङ समावेश गरेको छ । सो फ्लोटिङ रुफ डिजाइन, १७ इन्च डायमन्ड कट अलोय ह्विल र हेडल्याम्पको डिजाइनसँग मिल्ने नयाँ एलईडी टेलल्याम्पको साथमा उपलब्ध छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...