YouTube Link

आईपीएलको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्स विजयी, मुम्बई इण्डियन्स ५ विकेटले पराजित

Facebook Link

एजेन्सीः इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सले विजयी सुरुवात गरेको छ ।

डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नाईले विजयी सुरुवात गरेको हो ।

शनिबार युएईमा भएको खेलमा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निधारित लक्ष्य १९ दशमलव २ ओभरमा भेट्यो । चेन्नाईको जितमा फाफ् डुप्लेसीसले अविजित ५५ रनको इनिङ्स खेले ।

यसअघि चेन्नाईका अम्बती रायडुले सर्वाधिक ७१ रन बनाए । उनले ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । साम कुरनले १७ तथा रविन्द्र जडेजाले १० रन बनाए । यसअघि सेन वाटसन ४ र मुरली विजय १ रनमा आउट भए ।

कप्तान महेन्द्र सिंह धोनी शुन्य रनमा अविजित रहे । मुम्बईका टेन्ट बोल्ट, जसप्रित बुमराह, जेम्स प्याटिसन, कुनाल पाण्ड्या र राहुल चाहरले समान एकएक विकेट लिए ।

यसअघि सेख जियाद स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।

मुम्बईका लागि शौरभ तिवारीले सर्वाधिक ४२ रन बनाए । रविन्द्र जडेजाको बलमा फाप् डुप्लेसिसको हातबाट क्याच आउट हुनुअघि उनले ३१ बलमा ४ चौका र १ छक्का हिर्काए ।

यस्तै ओपनर तथा कप्तान रोहित शर्मा मात्र १२ रनमा आउट हुँदा अर्का ओपनर क्विन्टन डि ककले २० बलमा ३३ रन बनाए । कायरन पोलार्डले १८, सुर्य कुमार यादबले १७ रन बनाउँदा हार्दिक पाण्ड्याले १४ रन बनाए ।

अन्य ब्याट्सम्यानले उल्लेखनिय प्रदर्शन गर्न नसक्दा जसप्रित बुमराह र राउल चाहर क्रमस ५ र २ रनमा अभिजित रहे ।

चेन्नाईका लुंगी एन्गीडीले ३, रविन्द्र जडेजा र दिपक चाहारले समान २ विकेट लिए । पिउस चावला र साम कुरनको नाममा १–१ विकेट रहयो ।

पहिलो खेलमा जित निकालेसँगै महेन्द्र सिंह धोनीको चेन्नाईले २ अंक हात पारेको छ । मुम्बईले भने युएईमा हारबाट आईपीएलको सुरुवात गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...