असोज ५ गतेदेखि नियमित उडान हुने, सत प्रतिशत यात्रु राखेर जहाज उडाउन पाइने
वि.सं.२०७७ असोज २ शुक्रवार १७:४१
1.3K
shares
काठमाडौं: निजी वायुसेवा सञ्चालकहरूले असोज ५ गतेदेखि जहाज उडाउने भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै जहाजको सिटभरि यात्रु राखेर जहाज सञ्चालन गर्न पाउने निर्णय गरेपछि निजी वायुसेवा सञ्चालकहरूले जहाज उडान भर्न लागेका हुन् ।
यसअघि उनीहरूले सिट क्षमताको ५० प्रतिशत मात्रै राखेर जहाज चलाउन सरकारले निर्णय गरे पनि भाडा नबढ्दा जहाजको खर्च धान्न नसकिने भन्दै असोज १ गतेदेखिको उडान स्थगित गरेका थिए ।
कोरोना भाइरसको महामारी सुरु भएसँगै सरकारले गत चैत ११ गतेदेखि आन्तरिक उडान रोकिएको थियो ।
वि.सं.२०७७ असोज २ शुक्रवार १७:४१



















