YouTube Link

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्गसको लगातार तेस्रो जित

Facebook Link

काठमाडौं: साविकको विजेता चेन्नई सुपर किङ्गसले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । आईतबार भएको खेलमा राजस्थान रोयल्सलाई ८ रनले पराजित गर्दै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले लगातार तेस्रो जित निकालेको हो ।

एमए चिदामबरम स्टेडियममा घरेलु टोली चेन्नईले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर एक सय ६७ रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको राजस्थानका लागि बेन स्टोक्सले २६ बलमा ४६ तथा राहुल त्रिपाठीले ३९ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । १४ रन जोड्दा ३ विकेट गुमाईसकको राजस्थानका लागि स्टोक्स र त्रिपाठीले इनिङ्स उकासेका थिए । यस्तै स्टिभ स्मिथले २८ तथा जोफ्रा आर्चरले अविजित २४ रन बनाए । कप्तान अजिंका रहाने सुन्य रनमा आउट भए । चेन्नईका शार्दुल ठाकुर, दिपक चाहर, इमरान ताहिर र ड्वाने ब्राभोले समान २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभरमा ५ विकेट गुमाएर १७५ रन बनाएको थियो । खराब सुरुवात गरेको चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित रहदै ७५ रनको योगदान दिए । २७ रन जोड्दा चेन्नईले महत्वपुर्ण ३ विकेट गुमाईसकेको थियो । तर, चौंथो विकेटका लागि कप्तान धोनीले सुरेश रैनासंग मिलेर ६१ रनको साझेदारी गर्दै चेन्नईको इनिङ्स उकासेका थिए । रैना ३६ रनमा आउट भए । जितसंगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले ३ खेलबाट ६ अंक जोडेको छ । र, चेन्नईले लिगको प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । जारी लिगमा चेन्नई एक मात्र अपराजित टोली हो । राजस्थानको भने यो लगातार तेस्रो हार हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...