YouTube Link

दोलखाका राप्रपा युवा नेता प्रवीण थोकर लगायत पाँच जना पक्राउ, भ्रष्ट्राचार व्यथितिले सिमा नाघ्योः राप्रपा

Facebook Link

दोलखा: दोलखा राप्रपाका केन्द्रीय सदस्य तथा युवा नेता प्रवीण कुमार थोकर लगायतका पाँच जनालाई प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय चरिकोटमा राखिएको छ ।

खानेपानी लगायत भ्रष्ट्राचार व्यथितिको अन्त्यका लागि मेलुङ गाउँपालिकामा केही दिन अघि ज्ञापन-पत्र बुझाई त्यसको कार्यान्वयन नहुँदा भादौ १८ गते पुन: ज्ञापन-पत्र बुझाई तालाबन्दी र शान्तिपूर्ण धर्ना बसेको समयमा जिल्ला प्रशासन कार्यालयबाट गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठको दवावमा पक्राउ गरि जिल्ला प्रहरी कार्यालय चरिकोटमा राखिएको जनाईएको छ ।

मैलुङ खानेपानी सिंचाइको ९० लाख गाउँपालिका अध्यक्ष श्रेष्ठले एकलौटी रुपमा रकमान्तर गरि अन्य स्थानमा लगेको विरुद्धमा राप्रपा केस थोकर लागायत मैलुङ नेपाली कांग्रेसले संयुक्त विरोध कार्यक्रम आयोजना गरेको थियो ।

यता राप्रपा केन्द्रले समेत सो घटनाप्रति चासो देखाएको छ । राप्रपाका केस जनक राज पाठकले भने- “भ्रष्टाचार विरोधि अभियान राप्रपाको घोषित कार्यक्रम नै रहेकाले सोको विरोधमा गएका हाम्रा साथीहरुलाई जबरजस्ती शक्तिको आडमा पक्राउ गरिएको घटना निन्दनीय छ । हामी त्यसको भत्सर्ना गर्दछौं । तत्काल रिहाइको माग समेत गर्दछौं अन्यथा राप्रपा थप आन्दोलित हुने र सोबाट निस्कने परिणामको प्रशासन जिम्मेवार हुनेछ ।”

विकास बजेट आउँदा जुन काममा तोकिएको हो त्यसमा खर्च नगरि शक्तिको आडमा गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले जुन हर्कत गरे त्यसको विरुद्धमा हामीले आवाज उठाउँदा हामीलाई प्रशसन लगाएर आज थुनिएको छ हामी चिन्तित पटक्कै छैनौ यसले भोलि उत्पन्न गर्ने परिणाम भोग्न गाउँपालिका अध्यक्ष श्रेष्ठ तयार रहे हुन्छ । नेता प्रवीण कुमार थोकरले चेतावनी दिए ।

पक्राउ परेका उनीहरुले आफुहरुको आन्दोलन शान्तिपूर्ण रहँदा रहँदै पनि गाउँपालिका अध्यक्षले शक्तिको आडमा आफुहरुमाथि बल प्रयोग गरि लोकतन्त्रमा बोल्न पाउने अधिकारको हनन गरेको बताएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...