ललितपुरको दुई स्थानमा निषेधित क्षेत्र घोषणा, पाँच जनाभन्दा बढी जम्मा नहुन आदेश जारी
वि.सं.२०७७ भदौ २० शनिवार ०८:२६
2K
shares
ललितपुरः ललितपुरमा मछिन्द्रनाथको रथ रहेको ठाउँ पुल्चोक र मंगलबजारलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार राति १० बजेबाट कर्फ्यु हटेपछि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
रथ रहेको क्षेत्रमा पूर्व मदनस्मारकदेखि पश्चिममा महानगरपालिकाको कार्यालय, उत्तरमा बख्खुडोल र दक्षिण सेन्ट जेभियर स्कुलसम्मलाई निधेषित क्षेत्र घोषणा गरिएको छ ।
त्यस्तै मंगलबजारतर्फ पूर्व मंगलबजार चोक, पश्चिम मदनस्मारक अगाडिको चोक, उत्तरमा तिमबहाल र दक्षिण पूर्णचण्डी मन्दिरसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । निषेधाज्ञा जारी गरिएका क्षेत्रमा ५ जनाभन्दा बढी मानिस जम्मा नहुन आदेश जारी गरिएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टद्वारा जारी आदेशमा निषेधाज्ञा भदौ २० गतेदेखि २६ गतेसम्म लागू हुने जनाइएको छ ।
यो पनि पढ्नुहोस्:
कर्फ्युकाबीच रातो मत्स्येन्द्रनाथको क्षमा पूजा गरिदै
ललितपुरमा आज बिहान ४ बजेदेखि महानगरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू, उल्लंघन भए गोली हान्ने आदेश
ललितपुरमा शुक्रबार (भोली) कर्फ्यू आदेश जारी
वि.सं.२०७७ भदौ २० शनिवार ०८:२६



















