YouTube Link

झण्डा विद्रोह र मंगोल ईत्यादि बारे

Facebook Link
vision

मकवानपुरका ग्याल्जेन दोर्जे तामाङ समुहले गीत छायांङ्कनमा झण्डा जलाएको र त्यस बारे विभिन्न प्रतिकृयाको क्रममा सामाजिक सञ्जालमा हामीले लेख्यौं-“नेपालमा झण्डाको प्रश्न संबिधानको वैज्ञानिक समाजवादी पुनर्लेखनले मात्र निरुपण गर्छ।” अझ चर्चा बढ्दै गयो तथा त्यस कार्वाहीको औपचारिक जिम्मा नलिए पनि मंगोल अर्गनाइजेशनका भनाईहरु सञ्चार सतहमा थपिए। क्रमश: पार्टी पंक्तिकै कमरेडहरुले उपरोक्त घटनावारे ब्याख्यासहित लेख्न अनुरोध भएको हुँदा एक माओवादी कम्युनिस्टको दृष्टिकोणबाट, आफुलाई जानकारी रहेको आधारमा यो सामग्री प्रस्तुत गरिन्छ ।

१. मंगोल के हो ?

उत्तर छिमेकी चीन र रुसको बीचमा अवस्थित मंगोलिया देशका नागरिकको निम्ति “मंगोल” एक स्वतन्त्र राष्ट्रियता हो। त्यस बाहेक मुलुकका निम्ति “मंगोल पहिचान” केवल वर्ण-आकृति वा मानवीय ढाँचा हो। जानकारी अनुसार सन १९५२ मा आयोजित उनेस्को सम्मेलनले विश्वका मानव समुदायको वर्ण पहिचान गर्दा जसलाई आज मंगोल भनिन्छ, त्यस आकृति अथवा ढाँचाका मानव समुहलाई “मंगोल” नामाकरण गर्यो। त्यससंगै ककेशस, निग्रो हुँदै ड्रबिड-अष्ट्रो ड्रबिडहरु नामाकरण गरिए। यध्यपि, चीनमा माओ त्सेतुङ नेतृत्वमा भीषण कम्युनिस्ट क्रान्तिले सफलता हासिल गरिरहेको बेला माओ आकृतिका मानिसलाई मंगोल नामाकरण गर्नुमा पश्चिमाहरुको षडयन्त्र रहेको बताईन्छ। उनेस्को सम्मेलनमा त्यस बेला निश्चय नै पश्चिमा मानवशास्त्रीहरुको एकाधिकार थियो। मंगोलियाका चंगेज खाँ र कुब्लाई खाँको भयानक आक्रमणकारी ब्यवहारबाट मंगोल आकृतिका मानिसलाई पश्चिमाहरु राक्षस ठान्दथे। अत: कम्युनिस्ट माओ आकृतिलाई राक्षेशीकरण गरि यूरोप तथा अमेरिकामा माओवादप्रति घृणा फैल्याउने नियतले युनेस्को सम्मेलनले माओ आकृतिलाई मंगोल नामाकरण गर्न पुगेको बताईन्छ।

परन्तु, अफ्रीकी मुलुक नाईजेरिया सम्बद्व निग्रो, ककेशिया पहाड सम्बद्व ककेशस तथा दक्षिण भारतको ड्रबिड सभ्यता सम्बद्व ड्रबिड नामाकरण जस्तै मंगोलिया सम्बद्व मानव आकृतिलाई मंगोल नामाकरणमा अन्यथा लिनु पर्दैन। आर्य समूह ककेशसकै शाखा हो भने अष्ट्रो-ड्रबिडको सम्बन्धमा कुनै समय भारत र अष्ट्रेलियाको भू-भाग एउटै रहेको, अन्तत: सो भू-भाग बिच्छिन्नताको परिस्थितिमा ड्रबिड समुह भारत र अष्ट्रेलियामा विभाजित हुन पुगेको अवस्थामा ड्रबिड समुहलाई नै “अष्ट्रो-ड्रबिड” मानिएको छ।

परन्तु, अफ्रीकी मुलुक नाईजेरिया सम्बद्व निग्रो, ककेशिया पहाड सम्बद्व ककेशस तथा दक्षिण भारतको ड्रबिड सभ्यता सम्बद्व ड्रबिड नामाकरण जस्तै मंगोलिया सम्बद्व मानव आकृतिलाई मंगोल नामाकरणमा अन्यथा लिनु पर्दैन। आर्य समूह ककेशसकै शाखा हो भने अष्ट्रो-ड्रबिडको सम्बन्धमा कुनै समय भारत र अष्ट्रेलियाको भू-भाग एउटै रहेको, अन्तत: सो भू-भाग बिच्छिन्नताको परिस्थितिमा ड्रबिड समुह भारत र अष्ट्रेलियामा विभाजित हुन पुगेको अवस्थामा ड्रबिड समुहलाई नै “अष्ट्रो-ड्रबिड” मानिएको छ।

यसरी मंगोलिया देशका नागरिक बाहेक युनेस्को सम्मेलनको परिभाषामा मंगोल कुनै जातीय, भाषिक वा साँस्कृतिक समुदाय नभएर केवल विश्वको एक मानव ढाँचा-आकृति, स्वरुप अथवा वर्ण हो। नागरिकताको प्रमाणपत्रमा जसरी बर्ण उल्लेख गरिन्छ: कालो, गोरो, गहुँ गोरो ईत्यादि। वस्तुत: मंगोल पहिचान बर्णको अर्थमा प्रयुक्त छ। तब सन १९५२ उप्रान्तका साहित्यमा मात्र मंगोल उल्लेख हुन पुगेको छ।

२. नेपालमा मंगोल नामको राजनीति

युनेस्को परिभाषित बर्णका आधारमा नेपालमा ड्रबिड, मंगोल तथा ककेशस-आर्यको उपस्थिति रहँदै आएको छ। यसमध्ये पृथ्बीनारायण शाहयता राज्यसत्तामा आर्य-खसको निरन्तर एकाधिकार थोपरिएको छ। राणा जंगबहादुरको चरम जातवादी मुलुकी ऐन, महेन्द्र शाहको हिन्दु राज्य हुँदै नामधारी कम्युनिस्ट खड्ग ओलीसम्म आउँदा मंगोल तथा ड्रबिड वर्ण- समुहका मानिस सामुदायिक रुपमा उत्पीडित बन्न बाध्य छन। यसरी बिसं ०३७ को जनमत संग्रहताका खगेन्द्रजंग गुरुङहरुले मंगोल अभियान सञ्चालन गरेका थिए भने त्यस लगत्तै गोपाल गुरुङ उक्त अभियानमा लागे। ०४६ वरपर उनले मंगोल अर्गनाईजेशन गठन गरे। माओवादी आन्दोलनले उठान तथा अन्तरिम संविधान- ०६३ ले ब्यवस्था गरेको वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, साँस्कृतिक, धार्मिक पहिचान र अधिकारसहितको वैज्ञानिक राज्य पुन:संरचना गर्न नदिने मुख्यत: गोर्खाली अन्धराष्ट्रवादी उत्पीडनकै पृष्ठभूमिमा मंगोल लगायत समुहरुले विद्रोहको आवाज बोल्दैछन।

बाह्य आक्रमण र उत्पीडन प्रतिरोधक्रममा राष्ट्र्वादको जन्म हुन्छ, भन्ने मान्यता अनुसार पहाडिया अहंकारवाद बिरुद्द मधेस, हिन्दु आर्य अहंकारवाद बिरुद्द आदिवासी जनजाति वा मंगोल जस्ता राष्ट्र्वाद निर्माणका प्रतिरोधी आवाजहरु बुलन्द हुन खोजेका छन। नेपालको ऐतिहासिक सत्ता संरचनामा गोर्खाली अन्धराष्ट्र्वादी उत्पीडन बिरुद्द मंगोल, मधेसी, दलित, जनजाति ईत्यादि नाममा दल दर्ताको संबैधानिक अधिकार एवं ती नामहरुबाट राज्यसत्ताको राजनीति गर्न पाउने स्वतन्त्रता माओवादी आन्दोलनको देन हो। परन्तु, द्वन्दात्मक भौतिकवादी विश्वदृष्टिकोणका माओवादी कम्युनिस्टहरु सर्वाहारावर्गीय नेतृत्वमा उत्पीडित समुदायको मुक्ति खोज्दछन।

३. गोपाल गुरुङ तथा मंगोल अर्गनाइजेशनको वर्ग दृष्टिकोण र राजनीतिक चरित्र बारे

सबै खाले अन्याय र उत्पीडन बिरुद्दको संघर्षलाई कम्युनिस्ट क्रान्तिकारीहरु प्रगतिशील ठान्दछन। त्यसर्थमा गोर्खाली अन्धराष्ट्रवादी उत्पीडन बिरुद्दको संघर्ष स्वत: प्रगतिशील ठहर्छ। परन्तु, गोपाल गुरुङ आरोपित मंगोल अर्गनाइजेशनको विश्वदृष्टिकोण मध्य युगीन अध्यात्मवाद हुँदै पुजीवादी आदर्शवादमा कुण्ठित छ र त्यसको राजनीतिक चरित्र जातीय प्रतिशोधभावमा आधारित दलाल तथा नोकरशाही पुजीवादी छ। त्यसैले हामीले कहिल्यै त्यसको समर्थन गर्न सकेनौं। हेक्का रहोस कि गोपाल गुरुङ्को मंगोल अर्गनाइजेशन जुन स्तरमा बाहुन-क्षेत्रीप्रति घृणा ओकल्छ, ठिक त्यही बराबर माओवादी कम्युनिस्टप्रति घृणाभाव राख्दछ। त्यसले स्पष्ट गर्छ, त्यो विचार दृष्टिकोण र चरित्रले राज्यसत्ता लियो भने पुजीवादी बाहुन-क्षेत्रीसंग सम्झौता गर्नेछ र माओवादी कम्युनिस्ट सखाप अभियान सञ्चालन गर्नेछ।

गोपाल गुरुङ्कृत मंगोल अर्गनाइजेशनको संस्कृति मुढाग्रही छ। त्यसैले त्यसले आदिवासी जनजाति शब्दप्रति अनावश्यक प्रहार गर्छ र पहाडी मूलका आदिवासीहरु सबैलाई मंगोल बन्न ऊर्दी चलाउँछ। जरा पहिल्याउदै जाँदा मंगोल अर्गनाइजेशनको उक्त संस्कृति मुसोलिनीको फासिवाद तथा हिटलरको नाजीवादसंग जोडिन्छ। जुन, दुनियाँबाट खारेज भइसकेको घोर मानवता बिरोधी अविज्ञान थियो। त्यसैले राज्यब्यवस्था र शासनब्यवस्था बदल्ने समाजवादी क्रान्ति छाडेर नेपालमा को पहिला आयो र को पछि आयो, भन्ने प्रश्नले कुनै अर्थ राख्दैन। वैचारिक-राजनीतिककर्मीको दायित्व वर्तमानको न्यायपूर्ण ब्यवस्थापनमा केन्द्रीत हुने हो।

४. माओवादी कम्युनिस्ट दृष्टिकोणको कुरा

माओवादी कम्युनिस्टहरु प्रत्यक वस्तु र घटनालाई एकको दुईमा विभाजन गरेर हेर्छन। अत: मंगोल, थारु-मधेसी, मुस्लिम, दलित, जनजाति, महिलासंगै मजदुर- किसान एवं देशभक्त पुजीपतिको न्यायपूर्ण विद्रोहलाई समर्थन गर्दै निर्णायक जनविद्रोहको तहमा संगठित गर्नु पर्छ। तर, साम्राज्यवादी तथा विस्तारवादी र दलाल पुजीवादी घुसपैठ अथवा कोन्ट्रा- मण्डले प्रवृत्तिको भण्डाफोर गर्नु पर्छ। वैज्ञानिक समाधानमा राज्यसत्तामा थोपरिएको दलाल तथा नोकरशाही पुजीवाद र गोर्खाली अन्धराष्ट्र्वाद बिरुद्व महान जनविद्रोह आयोजना गर्नु पर्छ र समाजवादी निर्वाचन प्रणालीको आधारमा श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको संयुक्त राज्यसत्ता निर्माण गर्नुपर्छ।

पृथ्बीमा मानिस जन्मदा उसले कुनै देश, वर्ण, जाति, भाषा- संस्कृतिको आमाको कोख रोजेर जन्मेको हुँदैन। अत: जन्मले होइन, चिन्तन र कर्मले मानिसको भूमिका निर्धारण गर्छ र यस दृष्टिकोणतर्फ सर्वत्र प्रेरित गर्नु पर्छ। यही हो- मानवीय समानता, स्वतन्त्रता र बन्धुभावको संस्कृति अर्थात साम्यवादी दृष्टिकोण। त्यस्तै, ग्याल्जेन दोर्जे तामाङ्ले झण्डा जलाएको प्रकरण राजनीतिक रुपमा विद्रोह हो भने प्रशासनिक रुपमा कशुर देखिन्छ। प्रत्यक देशमा क्रान्तिपछि देशको झण्डा परिवर्तन गर्दछन। कम्युनिस्ट पार्टीको नेतृत्वमा भएका क्रान्तिहरुले त झन समग्र नयाँ निर्माण गरेका छन। चीनमा माओले पाँच बहुसंख्यक जातिको प्रतीक पाँच कोणको ठूलो तारा र पचास अल्पसंख्यक जातिको अनेक सानो तारा भएको राषट्रीय झण्डा निर्माण गरे। त्यसरी त्यहाँ समाजवादी राष्ट्रीय एकीकरण गरियो। नेपालमा त्यस्तो क्रान्ति जारी छ र नै हामीले झण्डाको प्रश्न वैज्ञानिक समाजवादी क्रान्तिले निरुपण गर्छ, भनेर लेख्यौं।

तामाङ समुदाय नेपालमा ठूलो जनसंख्या हुँदाहुँदै पनि ऐतिहासिक जीवनमा पशुतुल्य अपमान र उत्पीडन भोग्न बाध्य समुदाय हो। तसर्थ कम्युनिस्टहरुले उत्पीडन बिरुद्द राजनीतिक विद्रोहमा तामाङ जनताको तरफदारी गर्नु पर्छ। र, समग्र मानव मुक्तिको विचारमा उठाउन वैचारिक-साँस्कृतिक नेतृत्व दिन सक्नु पर्छ। युवा ग्याल्जेन दोर्जेको संघर्षले उत्पीडित जातिका साथसाथै श्रमिकवरर्गीय मुक्ति आन्दोलनको सेवा गर्न सकोस्, भन्ने कामना गर्नु पर्छ। झण्डा लगायत नेपाली अर्थ-राजनीतिक प्रणाली, सत्ता संरचना, टिष्टा-कांगडा फिर्तासहित देशभक्त जनआन्दोलन जारी रहेको पृष्ठभूमिमा विध्यमान प्रशासनिक कशुर भने सामना गर्नै पर्छ।

र यो पनि पढ्नु होला ‘राई जाति नाम’को “किराती” लेख्नुको कारण

अध्यक्ष, नेकपा (माओवादी) केन्द्र

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...