नेपालमा कोरोना भाईरस नियन्त्रणका तीन मुख्य चुनौती
वि.सं.२०७७ भदौ ९ मंगलवार १९:०७
1.9K
shares
काठमाडौं: नेपालमा कोरोना भाईरस महामारि नियन्त्रणकालागि तीन मुख्य चुनौती रहेको डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डलियरले बताउनुभयो ।
नेपालमा सङ्घीय संरचना, स्वास्थ्य सेवा र मानिसको व्यवहारका कारण कोरोना महामारी नियन्त्रणमा चुनौती रहेको डा. भ्यान्डलियरले बताउनुभयो ।
नेपालमा विभिन्न तहका सरकारबीच कामको बाँडफाँड र नजिकको समन्वय गर्न सकिएमा महामारी नियन्त्रणमा सजिलो हुने तर समन्वयमा समस्या आयो भने सङ्क्रमणको समस्या थपिन सक्ने डा. भ्यान्डलियरले बताउनुभयो ।
दोस्रो चुनौती नेपालको स्वास्थ्य सेवा थप गुणस्तर सुधार र सर्वसुलभ बनाउनुपर्छ भने कोरोना महामारी नियन्त्रणका लागि पर्याप्त स्वास्थ्यकर्मी र अस्पताल छन् कि छैनन् यसको तयारी गर्नुपर्छ
महत्त्वपूर्ण हुने बताउनुभयो ।
यस्तै सरकारले अहिले कोरोना महामारी नियन्त्रणमा लगानी गरिरहेको छ । यो बेलामा गर्भवती सेवा, सुत्केरी सेवा, खोप, दीर्घ रोग सेवा, पाको उमेरका मानिसलाई दिने स्वास्थ्य सेवालगायतका सेवा यी सबैलाई सर्वसुलभ र पहुँचयोग्य बनाइनुपर्छ ।
तेस्रो चुनौती कोरोनाबाट बच्नको लागि मास्क लगाउने, दुरी कायम गर्ने, हात धुने जस्ता व्यवहार लामो समयसम्म प्रयोगमा आउनुपर्ने साथै मानिसलाई कोरोनाबाट बच्ने स्वास्थ्यका मापदण्ड जसरी भए पनि पालना गराउनु पर्ने डा. भ्यान्डलियरले बताउनुभयो ।
वि.सं.२०७७ भदौ ९ मंगलवार १९:०७



















