इन्टर मिलानलाई हराउँदै सेभियाले जित्यो युईएफए यूरोपा लिगको उपाधि
वि.सं.२०७७ भदौ ६ शनिवार ०९:३९
1.6K
shares
एजेन्सीः स्पेनिस फुटबल क्लब सेभियाले छैठौं पटक युईएफए यूरोपा लिगको उपाधि जितेको छ ।
उपाधि भिडन्तको फाइनलमा इटालियन क्लव इन्टर मिलानलाई ३–२ ले हराउदै सेभियाले उपाधि कब्जा गरेको हो ।
सेभियाले अहिलेसम्म सबैभन्दा बढी ६ र मिलानले ३ पटक यूरोपा लिगको उपाधि जितेका छन् ।
छैटौं पटक फाइनल पुगेको सेभियाले फाईनलमा पुगेर अहिलेसम्म पराजित हुनु परेको छैन ।
खेलको ५औं मिनेटमा मिलानका रोमेलु लुकाकुले पेनल्टी मार्फत पहिलो गोल गरे ।
सेभियाका ल्यूक डि योयलनले १२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
के डी यान्कले ३३ औं मिनेटमा गोल गर्दै सेभियालाई २–१ ले अग्रता दिलाए ।
लगत्तै खेलको २ मिनेटपछि मिलानका डिएगो गोडिनले गोल गर्दै फेरी ईन्टरलाई २–२ को बराबरीमा पुर्याए ।
पहिलो हाफ बराबरीमा सकिँदा खेलको निर्णायक गोल सेभियाको लागि डिएगो कार्लोसले ७४ औं मिनेटमा पेनाल्टी मार्फत गरे ।
वि.सं.२०७७ भदौ ६ शनिवार ०९:३९



















