YouTube Link

आप्रवासीका लागि आवास भिसा सहज बनाइएको पोर्चुगलका राष्ट्रपति मार्सेलो रिबेलो दि सौजाद्वारा घोषणा

Facebook Link

एजेन्सी: पोर्चुगलमा रहेका आप्रवासीहरुको लागि आवास भिसा पोर्चुगल सरकारद्वारा सहज बनाईएको राष्ट्रपति मार्सेलो रिबेलो दि सौजाले घोषणा गरेका छन् । आप्रवासी कानुनमा भएको सो हेरफर र सहजता राष्ट्रपतिको अफिसियल पेजमार्फत जानकारी दिईएको हो ।

नयाँ कानुन अनुसार गैर कानुनी तरिकाले पोर्चुगल छिरेका वा बसोबास गरिरहेका तर कम्तिमा पनि १२ महिनाको सामाजिक सुरक्षा कर (Social Security Tax) तिरेकाहरुको लागि आवस भिसा सहज बनाईएको छ । संविधान सभाको २२ फेब्रुअरीमा बसेको बैठकले पोर्तुगलको राष्ट्रिय भूमिमा प्रवेश गर्ने, बसोबास गर्ने, पोर्तुगल छोड्ने र आप्रवासीहरुलाई देश निकाला गर्ने कानुनको हकमा यहाँको PSD र CDS-PP राजनीतिक पार्टीको बिरुद्धमा PS, PCP, BE र PAN पार्टीका सांसदहरुले दिएको भोटको आधारमा अनुमोदन गरिएको थियो ।

राष्ट्रपतिद्वारा घोषणा गरिएको नयाँ कानुनले बिना भिसा वा गैर कानुनी तरिकाले पोर्तुगल प्रवेश गरका र यहाँ बसोबास गरिरहेका आप्रवासी भएतापनि कम्तीमा १२ महिनाको सामाजिक सुरक्षा कर (Social Security Tax) तिरेका आप्रवासीहरुलाई कानूनी रूपमा देशमा प्रवेश गरेको मान्यता दिएको छ ।

पोर्चुगलको आप्रवासी कानुनमा भएको यो परिवर्तनले आप्रवासी कानुन नीति २००७ लाई खारेजी गरेको छ , जसमा पोर्तुगलको भूभागमा भिसा लिएर कानुनी रुपमा प्रवेश गरेका (Legal Entry with Visa) लाई मात्रै आप्रवासी आवास अनुमति दिने उल्लेख गरिएको थियो ।

राष्ट्रपतिद्वारा घोषणा गरिएको नयाँ कानुन अनुसार आप्रवासी नितिको आर्टिकल १२३ को खारेजी हुनेछ भने सम्पूर्ण आप्रवासीहरुको आवास अनुमतिपत्र आर्टिकल ८८ अन्तर्गत प्रदान गरिनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...