नेपाल पत्रकार महासंघको निर्वाचन फागुन ३ गते, एक वर्षको सदस्यता शुल्क मिनाहा
वि.सं.२०७७ भदौ ४ बिहीवार ०८:३१
1.8K
shares
काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन फागुन ३ गते गर्ने निर्णय भएको छ ।
महासंघ केन्द्रीय कार्यसमितिको कार्यकाल यही भदौ ५ गते सकिने भएपनि कोरोना महामारीका कारण निर्वाचन सरेको हो । बुधबार जुम मिटङबाट भएको राष्ट्रिय भेलाले केन्द्र र सबै शाखाहरुको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ ।
मंसिर महिनाभित्र जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखाको, पुस महिनाभित्रमा प्रदेश समितिहरुको र माघ ४ र ५ गते केन्द्रीय साधारणसभा सम्पन्न गर्ने निर्णय समेत भएको छ ।
भेलाले कोरोना महामारीका कारण सञ्चार क्षेत्र र महासंघका सदस्यहरुले आर्थिक अभाव झेल्नुपरेको भन्दै २०७७ सालको वार्षिक सदस्यता शुल्क छुट पनि दिएको छ ।
सदस्यता नवीकरणको म्याद भने यही भदौ मसान्तसम्मलाई थपिएको छ ।
वि.सं.२०७७ भदौ ४ बिहीवार ०८:३१




















