YouTube Link

सर्वोच्चको आदेशः प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई नहटाउनु

World Cup 2026
Facebook Link

काठमाडौं: प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नै काम गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

सरकारले प्रेस काउन्सिल ऐन, २०४८ गत साउन २६ गते प्रेस काउन्सिल कार्य व्यवस्था नियमावलीमा संशोधन गर्दै कार्यवाहक अध्यक्ष तोक्ने अधिकार सरकारले ल्याएको थियो ।

त्यस लगत्तै साउन ३२ गते सरकारले अधिवक्ता दुर्गा भण्डारी पौडेललाई प्रेस काउन्सिल सदस्यमा नियुक्ति दिँदै त्यसको एक दिनपछि भदौ १ गते राती कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत दिएको थियो ।

सरकारको निर्णयविरुद्ध प्रेस काउन्सिल वोर्डले आइतबार नै सर्वोच्च अदालतमा रिट हालेको थियो । सो रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्षका रुपमा कामकाज गर्न रोक लगाइ दिएको छ ।

सर्वोच्च अदालतले बुधबार जारी गरेको अन्तरिम आदेशमा सरकारले नियमावलीमा गरेको संशोधन नै काउन्सिलको ऐन विपरित रहेको र यसले प्रेस काउन्सिलको स्वायत्ततामा असर गर्ने भन्दै नियमावलीमा थप गरिएको नियम ३ (क) लाई तत्काल कार्यन्वयनमा नल्याउन सरकारको नाममा अन्तरिम आदेश दिइएको हो ।

सर्वोच्चले अन्तरिम आदेश दिएलगत्तै अब भण्डारीले कार्यवाहक अध्यक्षका रुपमा काम कारवाही गर्न पाउँदिनन् । यद्यपि प्रेस काउन्सिलको सदस्य पदमा रहेर काम गर्न भने उनलाई रोकिएको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...