शाओमीले रेडमी नोट ९ प्रो म्याक्स र एम आइ पावर बैंक सार्वजनिक
वि.सं.२०७७ साउन २६ सोमवार १४:१७
2.1K
shares
काठमाडौं: शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्तामा नयाँ स्मार्टफोन रेडमी नोट ९ प्रो म्याक्स थप्ने घोषणा गरेको छ ।
यस वर्षको शुरुवातमा सार्वजनिक भएका रेडमी नोट ९ र रेडमी नोट ९ प्रो को साथ यो यस सिरिजको तेस्रो स्मार्टफोन हो ।
रेडमी नोट ९ प्रो म्याक्समा नवीनतम क्वालकम स्न्यापड्रैंगन ७२०जी प्रोसेसरका साथ इन्ट्रीगेशन, विशाल ५०२० एमएएच ब्याट्री र क्वाड क्यामेर एरे सेटअप विशेषता रहेको छ ।
आफ्नो सेग्मेन्टको हार्डवेयर र सफ्टवेयरको नवीनतलाई चुनौती दिदै यो सिरिज वास्तविक एम आइ फ्यानहरुका लागि निर्मित गरिएको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताउनु भयो ।
रेडमी नोट ९ प्रो म्याक्स औरा ब्यालेन्स डिजाइन, प्रो क्यामेरा र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन रहेको र उत्कृष्ट विशेषता र उच्च गुणस्तरका उत्पादन सुलभ मुल्यमा उपलब्ध भएकोले ग्राहकले सरहाना गर्ने विश्वास रहेको कोठारीले बताउनु भयो ।
यस्तै शाओमीले एम आइ पावर बैंक २ आई दुई भेरियन्ट-१०००० एमएएच र २०००० एमएएचमा लिथियम पोलिमर ब्याट्री र डुअल यूएसबी आउटपुटका साथ उपलब्ध गराएको छ ।
हामीले पहिलो पटक मी पावर बैंक २आईको साथ ब्राण्डको नयाँ कोटीमा पावर बैंक भित्र्याउन पाउँदा निकै खुशी लागेको कोठारी बताउनु हुन्छ ।
रेडमी नोट ९ प्रो म्याक्स तीन कलर भेरियन्ट—इन्टरस्टेलर ब्ल्याक, अरोरा ब्लु र ग्लेसियर ह्वाइटमा ६जीबी – १२८ जीबी र ८जीबी – १२८ जीबी स्टोरेज भेरियन्टमा क्रमशः रु ३१ हजार ९ सय ९९ र रु ३४ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ ।
एम आइ पावर बैंक २ आई दुई भेरियन्टमा —१०००० एमएएच र २०००० एमएएचमा क्रमशः रु १ हजार ८ सय ९९ रु ३ हजार १ सय ९९ मा उपलब्ध हुनेछ ।
दुवै फोन र पावर बैंक सबै आधिकारिक मी स्टोर,रिटेल पार्टनर र अनलाइन च्यानलमा उपलब्ध हुनेछ ।
वि.सं.२०७७ साउन २६ सोमवार १४:१७




















