YouTube Link

ग्लोबल आइएमई बैंक सिल

Facebook Link

काठमाडौं: लहान स्थित ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसंगै बैंक सिल गरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ ।

ग्लोबल आइएमई बैंकमा कार्यरत महोत्तरी घर भएका ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उक्त कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसंगै अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिए ।

बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसंगै उक्त बैंकलाई सिल गरी त्यहाँ कार्यरत कर्मचारीलाई एक होटलमा क्वारेन्टिमा राखिएको छ ।

सङ्क्रमित ती कर्मचारी केही दिनअघि लहानस्थित आन्तरिक राजश्व कार्यालयमा रहेको बैंकको काउन्टरमा बसेकाले आन्तरिक राजश्व कार्यालयका कर्मचारीलाई समेत क्वारेन्टिनमा राखिएको छ ।

बैंकका कर्मचारीमा सङ्क्रमण पुष्टि भएसँगै यहाँस्थित आन्तरिक राजश्व कार्यालयको सम्पूर्ण कार्य बन्द रहेको छ ।

कार्यालय प्रमुख कमलबहादुर राजलवटले सूचना प्रकाशन गरी यो विषम परिस्थितिमा कार्यालयका कर्मचारीको पिसिआर परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट नआएसम्म कार्यालयको कामकाज बन्द गरिएको जानकारी दिएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...