ईटालियन क्लब युभेन्ट्सका प्रशिक्षक मउरिजो सारी बर्खास्त
वि.सं.२०७७ साउन २४ शनिवार २२:५२
1.7K
shares
एजेन्सी: ईटालियन क्लब युभेन्ट्सले मुख्य प्रशिक्षक मउरिजो सारीलाई बर्खास्त गरेको छ ।
शुक्रबार राती भएको खेलको दोस्रो लेगमा फ्रान्सको लियोनले युभेन्ट्सलाई २–१ गोल अन्तरले हराएपछि च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको थियो । लियोनसँग युभेन्ट्स पहिलो लेगमा पनि १–० ले हारेको थियो ।
सारीले यो सिजन युभेन्ट्सलाई इटालिको शिर्ष डिभिजन लिग सिरी ए को उपाधि जिताएका थिए तर पछिल्ला केही खेलमा युभेन्ट्सको नतिजा खराब थियो ।
सारी चेल्सी र नेपोलीको प्रमुख प्रशिक्षक पद छाडेपछि सन् २०१९ मा युभेन्ट्सको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
वि.सं.२०७७ साउन २४ शनिवार २२:५२




















