चेल्सी र म्यान्चेष्टर युनाईटेड च्याम्पियन्स लिगमा छनोट
वि.सं.२०७७ साउन १२ सोमवार ००:४०
1.6K
shares
एजेन्सीः प्रिमियर लिग क्लब चेल्सी र म्यान्चेष्टर युनाईटेड च्याम्पियन्स लिगमा छनोट भएका छन् ।
आइतबार घरेलु मैदानमा भएको खेलमा चेल्सीले वुल्भ्सलाई २–० गोल अन्तरले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।
जितसँगै चेल्सीले लिगमा चौथो स्थानमा रहेको छ भने अर्को खेलमा म्यान्चेष्टर युनाइटेडले जित निकाल्दै तेस्रो स्थान रहेको छ ।
जितसँगै चेल्सीले ६६ अंक जोड्दै तालिकाको चौथो स्थानमा लिग अन्त्य गर्यो ।
यस्तै म्यान्चेष्टर युनाइटेडले पनि जित निकाल्दै च्याम्पियन्स लिगमा स्थान पक्का गर्यो ।
म्यान्चेष्टर युनाइटेडले अन्तिम खेलमा लेस्टर सिटीलाई २–० ले पराजित गर्यो । जितसँगै म्यान्चेष्टर युनाइटेडले ३८ खेलमा ६६ अंक जोड्दै समान अंक भएको चौथो स्थानको चेल्सीलाई गोल अन्तरमा पछि परेको छ ।
वि.सं.२०७७ साउन १२ सोमवार ००:४०



















