साउनको दोस्रो सोमबार पनि खुलेन पशुपतिनाथको मूल मन्दिर
वि.सं.२०७७ साउन १२ सोमवार ०८:३०
1.9K
shares
काठमाडौं: साउनको दोस्रो सोमबार आज पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि खुलेको छैन ।
कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन गएको चैत ११ गतेदेखि लकडाउन भएपछि मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने क्षेत्र अहिलेसम्म खुलेका छैनन् ।
साउनको पहिलो सोमबार ५ गते पनि भक्तजनले पशुपति क्षेत्र बाहिर विभिन्न शिवालयमा पूजा आराधना गरेका थिए ।
यसैबीच साउन महिनाको सोमबार देवघाटमा लाग्ने बोलबम मेला यसपाली लागेको छैन ।
भिडभाड हुँदा कोरोनाको सङ्क्रमण बढ्नसक्ने भएकाले साउन महिनाभरि मेला स्थगित गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
वि.सं.२०७७ साउन १२ सोमवार ०८:३०



















