प्रिमियर लिग फुटबलमा नर्विच, वाटफोर्ड र वर्नमाउथ रेलिगेसनमा
वि.सं.२०७७ साउन १२ सोमवार ००:२६
1.8K
shares
एजेन्सीः प्रिमियर लिग फुटबलमा नर्विच सिटीसँगै वर्नमाउथ र वाटफोर्ड रेलिगेसनमा झरेका छन् ।
आइतबार राती भएको प्रिमियर लिगको अन्तिम खेलमा आर्सनलसँग ३–२ ले पराजित हुँदै वार्टफोर्ड रेलिगेशनमा परेको हो भने एभर्टनलाई ३–१ ले पराजित गरे पनि वर्नमाउथ रेलिगेसनमा झरेको हो ।
एस्टन भिल्ला भने रेलिगेसनको खतराबाट बचेको छ ।
टोटनहमसँग बराबरी खेलेको भिल्लाको तालिकामा ३५ अंक भयो । उसले लिग १७ औँ स्थानमा अन्त्य गर्यो ।
अन्तिम खेलमा सुखद जितसँगै वर्नमाउथ दोस्रो डिभिजनमा झर्यो ।
वर्नमाउथ एभर्टनसँग ३–१ ले जित निकाल्न सफल भयो । जितसँगै वर्नमाउथको तालिकामा ३४ अंक भयो ।
यस्तै आर्सनलसँग पराजित वाटफोर्ड पनि ३४ अंक सहित रेलिगेसनमा झर्यो ।
लिगमा नर्विच यसअघिनै दोस्रो डिभिजनमा झरेको थियो ।
अन्तिम चरणको खेलमा नर्विच दोस्रो स्थानमा म्यान्चेस्टर सिटीसँग ५–० ले पराजित भयो ।
वि.सं.२०७७ साउन १२ सोमवार ००:२६


















