YouTube Link

समयमै मनसुनका कारण सुदूरपश्चिम प्रदेशमा धान रोपाईको काम २२ प्रतिशत सकियो

Nepali Sena Suvakamana Dashain
Facebook Link

धनगढी: सुदूरपश्चिम प्रदेशमा असार पहिलो सातासम्म करिब २२ प्रतिशत धान रोपाईंको काम सकिएको छ । समयमै मनसुन भित्रिएसँगै असार पहिलो सातासम्म सुदूरपश्चिम प्रदेशमा ४० हजार २ सय ४४ हेक्टर क्षेत्रफलमा रोपाई‌ भइसकेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा एक लाख ८१ हजार ६ सय ४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । क्षेत्रीय कृषि निर्देशनालय, दीपायलका अनुसार असार पहिलो सातासम्म २२ प्रतिशत क्षेत्रफलमा रोपाईं सकिएको जनाएको छ ।

यस वर्ष समयमै मनसुन सक्रिय भएका कारण छिटो रोपाईं सुरु भएको र आकाशे पानीको भर पर्नुपर्ने ठाउँहरूमा पनि रोपाईं चलिरहेको क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए । प्रदेशका नौ जिल्लामध्ये असार पहिलो सातासम्म सबैभन्दा कम रोपाईं कैलाली र कञ्चनपुरमा भएको छ । कञ्चनपुरमा ४८ हजार ३ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा असार पहिलो सातासम्म ७ हजार २ सय ५६ हेक्टरमा रोपाईं भएको छ ।

त्यस्तै कैलालीमा ७१ हजार ७ सय १५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म १२ हजार १ सय ९२ हेक्टरमा मात्र रोपाईं भएको र अहिलेसम्म सबैभन्दा बढी रोपाईं ७ हजार २ सय २० हेक्टरमा धानखेती हुने बाजुरामा पनि ३ हजार २ सय ४९ हेक्टरमा रोपाईं सकिएको जोशीले बताए । त्यस्तै, यसपालि मनसुन चाँडो भित्रिएका कारण रोपाईं पनि चाँडो सुरु हुने भएकाले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...