प्रिमियर लिगमा वर्नलीमाथि म्यान्चेष्टर सिटीको फराकिलो जित
वि.सं.२०७७ असार ९ मंगलवार १०:३७
1.1K
shares
एजेन्सीः प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले वर्नलीलाई ५–० गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा डिएगो फोडिन र रियाद महरेजले समान दुई दुई गोल गरे । फिल फोडिनले २२औं मिनेटमा सिटीलाई अग्रता दिलाए ।
रियाद महरेजले ४३औं मिनेटमा सिटीको अग्रता दोब्बर बनाउने काम गरे । पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमा गोल गर्दै महरेजले सिटीलाई ३–० ले अघि बढाएका थिए । डेभिड सिल्भाले खेलको ५१औं मिनेटमा सिटीका लागि पाँचौ गोल गरे । फोडिनले ६३औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित दिलाए ।
सिटीको जितसंगै शीर्ष स्थानको लिभरपुलले उपाधिका लागि थप केही समय प्रतिक्षा गर्नुपर्ने भएको छ । लिगमा ८ चरणको खेल बाँकी रहदाँ सिटी शीर्ष स्थानको लिभरपुल भन्दा २० अंकले पछाडी छ । साविक विजेता सिटीले अंक गुमाएको खण्डमा लिभरपुलले बुधबार एनफिल्डमा क्रिस्टल प्यालेसलाई हराउँदै उपाधि उचाल्ने सम्भावना थियो ।
वि.सं.२०७७ असार ९ मंगलवार १०:३७




















