जापान महिला विश्वकप फुटबल आयोजनाको दौडबाट बाहिरियो
वि.सं.२०७७ असार ९ मंगलवार १०:३६
1.1K
shares
एजेन्सीः सन् २०२३ मा हुने फिफा महिला विश्वकप फुटबल आयोजकको दौडबाट जापान पछि हटेको छ । जापान फुटबल एसोसियसनले सोमबार महिला विश्वकप आयोजनाको दाबीबाट नाम फिर्ता लिएको हो ।
विश्वकप आयोजक राष्ट्र तय गर्नका लागि मतदान हुनु तीन दिन अघि जापानले नाम फिर्ता लिएको हो । जापानले नाम फिर्ता लिएसँगै अब विश्वकप आयोजकका लागि दुई राष्ट्रबीच मतदान हुने भएको छ । अब अष्ट्रेलिया र न्युजिल्याण्ड संयुक्त र कोलम्बिया बाँकी रहेका छन् । यस अघि ब्राजिलले समेत नाम फिर्ता गरेको थियो ।
वि.सं.२०७७ असार ९ मंगलवार १०:३६




















