इटालियन सिरी ए फुटबलमा एसी मिलानको फराकिलो जित
वि.सं.२०७७ असार ९ मंगलवार १०:३८
1.6K
shares
एजेन्सीः इटालियन सिरी ए फुटबलमा एसी मिलानले लिसलाई ४–१ गोल अन्तरले फराकिलो जित निकालेको छ । खेलको २६औँ मिनेटमा सामु, ५५औँ मिनेटमा जियाकोमो, ५७औँ मिनेटमा एन्टि रेविक र ७३औँ मिनेटमा राफेलले गोल गरेका थिए ।
मार्कोस मान्कोसुले ५४ मिनेटमा लिसका लागि एक गोल फर्काएका थिए । जितपछि २७ खेलबाट ३९ अंक जोडेको मिलान ७औँ स्थानमा छ । लिस भने रेलिगेसनको खतरामा छ । १८औँ स्थानमा रहेको लिसको समान खेलमा २५ अंक छ ।
सिरी ए अन्तर्गत नै सोमबारराती भएको अर्को खेलमा १० खेलाडीमा सिमित फ्लोरेन्टिना र ब्रेसियाले १–१ गोलको बराबरी खेले । अलफ्रेडोले १७ औँ मिनेटमा ब्रेसियालाई अग्रता दिलाए पनि फ्लोरेन्टिनाले जर्मन पिज्जेलाको २९ औँ मिनेटको गोलबाट खेल बराबरी गरेको थियो । मार्टिन ७० मिनेटमा रातोकार्ड खाँदै मैदान बाहिरिए पछि फ्लोरेन्टिना १० खेलाडीमा सिमित भएको थियो ।
वि.सं.२०७७ असार ९ मंगलवार १०:३८




















