दीपक मनाङेले दिए अर्थ तथा विकास समितिको सदस्य पदबाट राजीनामा
वि.सं.२०७७ असार ८ सोमवार १७:३८
1.1K
shares
कास्कीः गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले अर्थ तथा विकास समितिको सदस्य पदबाट राजीनामा दिएका छन् । उनले आइतबार समितिका सभापति दीपक कोइरालालाई राजीनामा पत्र बुझाएका हुन् ।
मनाङ्गेले क्रसर उद्योग, विकास निर्माणमा भएको अनियमितताका बारेमा कुरा उठाउँदा कुनै सुनुवाई नभएको गुनासो गर्दै आफू पदमा रहेपनि अधिकारको प्रयोग गर्न नपाएको भन्दै राजीनामा दिएको बताएका छन् । सांसद मनाङ्गेले कास्की र तनहुँ सीमानाको राजमार्ग नजिकै कोत्रेमा सञ्चालन भईरहेको क्रसर उद्योगको बारेमा समितिको बैठकमा कुरा उठाएको तर क्रसर उद्योगले गरेको मनोमानी सबैले देखेको भएपनि कसैले केहि गर्न नसकेको भन्दै प्रदेश सरकारकै मिलेमतो रहेको उनले आरोप लगाएका छन् ।
वि.सं.२०७७ असार ८ सोमवार १७:३८




















