बैंक तथा वित्तीय संस्थाहरुले साविकको समयमा नै कार्यालय खोल्न सक्ने
वि.सं.२०७७ जेठ ३२ आइतवार २२:५७
1.4K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णय बमोजिम बिहानदेखि बेलुकीसम्मै बैंक खुला गर्नु नपर्ने गरी साविकको कार्यालय समय बमोजिम नै बैंक सञ्चालन गर्न सक्ने जनाएको छ ।
तर, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको धेरै भिडभाड हुने शाखाहरुका लागि दुई सिफ्टमा काम गर्ने वातावरण मिलाउने छुट भने दिएको छ । बैंकहरुले आफ्नो बैंकमा आउने ग्राहकको लाइनमा दूरी कायम गर्नुपर्ने तथा अन्य आवश्यक स्वास्थ्य सुरक्षाको सतर्कताको व्यवस्था भने अनिवार्य रुपमा गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । त्यस्तै, बैंकमा सकेसम्म भिडभाड हुन नदिन विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न निर्देशन समेत दिइएको छ ।
वि.सं.२०७७ जेठ ३२ आइतवार २२:५७



















