गाडी चल्न थालेपछि असार १ गतेबाट लकडाउन अवधि नमान्ने बीमा समितिको निर्णय
वि.सं.२०७७ जेठ ३२ आइतवार २२:५८
1.4K
shares
काठमाडौं: बीमा समितिले असार १ गतेदेखिको समयलाई ‘लकडाउन अवधि’को मान्यता नदिने भएको छ । सरकारले कायमै राखे पनि गाडी चल्न थालेपछि समितिले सोमबारदेखिको समयलाई सामान्य अवधि मान्ने भएको हो । समितिले यसअघि लकडाउन अवधिलाई सवारी थन्किने समयको रुपमा व्याख्या दिँदै सो अवधिको बीमा प्रिमियममा बीमितलाई दुई तिहाई छुट दिन निर्देशन दिएको थियो ।
बीमा समितिको मोटर बीमा सम्बन्धी निर्देशिका २०७३ ले बीमा गरिएका कुनैपनि सवारी साधन २ महिना भन्दा बढी लामो समय थन्किएर बस्ने अवस्थामा त्यसको पूर्वजानकारी बीमा समितिलाई दिएमा त्यो अवधिको प्रिमियममा ९० प्रतिशत फिर्ता दिनुपर्ने उल्लेख गरिएको छ । समितिले भने दुई तिहाई मात्रै छुट दिएर एक तिहाई प्रिमियमलाई रोकेर राख्दाको जोखिम प्रिमियमको रुपमा व्याख्या गरेको थियो ।
वि.सं.२०७७ जेठ ३२ आइतवार २२:५८




















