महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा आर्थिक सहयोग
वि.सं.२०७७ जेठ ३२ आइतवार २२:५५
2.2K
shares
काठमाडौं: महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भैरहवा र नारायणगढ शाखाले क्रमश: रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका-११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि एक लाख ५० हजार रुपैयाँका दरले जम्मा तीन लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
भानु माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्घार्थनगरका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई १ लाख ५० हजार रकमको चेक हस्तान्तरण गरे । त्यसैगरी, नारायणगढ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमकाबीच शाखाका प्रबन्धक वीरेन्द्रकुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलाई १ लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेको थिए ।
वि.सं.२०७७ जेठ ३२ आइतवार २२:५५



















