YouTube Link

रुकुमको चौरजहारी घटनामा सामूहिक हत्या भएको प्रहरी निष्कर्ष, ३४ जना अभियुक्त विरुद्ध अभियोग दर्ता

Facebook Link

काठमाडौं: रूकुमको चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार चौरजहारी ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रूरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसूरमा मुद्दा दर्ता गरिएको हो ।

यसअघि प्रहरीले रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्ष सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो जिल्ला प्रहरी कार्यालय, रुकुमले अनुसन्धानबाट भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको भेटिएको किटानी गरेको छ । घटनाका प्रतिवादी ३४ मध्ये २९ जना पक्राउ परिसकेका छन् भने ५ जनालाई फरार प्रतिवादी बनाइएको छ ।

उनीहरुमाथि ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत ऐनअनुसार पनि कारबाही गर्न माग गरिएको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले वडाध्यक्ष, युवतीसहित उनका बुबा, आमा, दाईलगायतलाई प्रतिवादी बनाएको छ । नदीमा हाम फालेको व्यक्तिलाई पनि ढुंगा हानेको प्रहरीको भनाइ छ ।

मृतक नवराज र उनकी प्रेमिका भनिएकी मल्ल थरकी युवतीबीच पहिले राम्रो सम्बन्ध भएपनि पछिल्लो समय बिग्रिएको पनि प्रहरीको अनुसन्धानमा छ । स्थानीयसँग विवाद भएपछि युवतीको गाउँमा पुगेको समूह भागे पनि उनीहरुलाई छेक्न तल मान्छे राखिएको पाइएको पनि जनाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...