पर्वतको कुश्मा नगरपालिकास्थित दुर्लुङको ढकालबारीमा पहिरो, पाँच जनाको पहिरोले पुरिएर मृत्यु
वि.सं.२०७७ जेठ ३२ आइतवार ११:२५
2.6K
shares
पर्वतः पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । पहिरोले पुरिएर बेपत्ता भएका ६ जनामध्ये अरू दुई जनाको पनि शव फेला परेको छ ।
शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव यसअघि नै फेला परिसकेको थियो । बाँकी २ वटा शव कसको भन्ने खुलाइएको छैन ।
अन्य ४ जना अझै वेपत्ता भएका छन् । उनीहरुको स्काभेटर प्रयोग गरी खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए । स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको थियो । स्थानीयवासीका अनुसार पहिरो झण्डै ३०० मिटरभन्दा माथिबाट आएको थियो ।
वि.सं.२०७७ जेठ ३२ आइतवार ११:२५




















