नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै
वि.सं.२०७७ जेठ ३२ आइतवार ११:०५
1.4K
shares
काठमाडौं: एमसीसीबारे छलफल गर्न नेकपा सचिवालयको बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । नेकपाले गत २७ गते पनि सचिवालय बैठक बोलाएको थियो । एमसीसीबारे छलफल गर्ने एजेण्डा तय भएपनि अन्तिम समयमा बैठक स्थगित भएको थियो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले संसदमा संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाले बैठक स्थगित भएको जनाएपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल भने आफूसँग परामर्श नै नगरी बैठक स्थगित भएको भन्दै रुष्ट भएको बताइएको थियो ।
परियोजना लागू गर्ने समय सकिनै लाग्दा पनि सरकारले एमसीसी संसदबाट अनुमोदन गर्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसअघि नै एमसीसी विना शर्त अनुमोदन गर्न सरकारको ध्यानाकर्षण गराएपनि नेकपाभित्रै चर्को विवाद भएपछि एमसीसी अन्योलमा परेको छ ।
नेकपा स्थायी कमिटी । केन्द्रीय कमिटी बैठकमा एमसीसीका केही प्रावधानहरु र पूरक सम्झौताहरु राष्ट्रिय हित विपरीत रहेको भन्दै विना संशोधन पारित गर्न नहुनेको मत बलियो रहेको छ । नेकपाले नेता खनालको संयोजकत्वमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले यसअघि नै प्रतिवेदन बुझाइसकेको छ ।
वि.सं.२०७७ जेठ ३२ आइतवार ११:०५




















