नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुग्यो, हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु
वि.सं.२०७७ जेठ २५ आइतवार २१:००
1.3K
shares
काठमाडौं: नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै कूल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये अधिकांश क्वारेन्टिनमा बसेकाहरू रहेको जानकारी दिए ।
संक्रमित मध्ये १३ जनाले ज्यान गुमाएका भने ४ सय ६७ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन् । आइतबारसम्म ९६ हजार २ सय ५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । देशभरका क्वारेन्टिनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन् ।
वि.सं.२०७७ जेठ २५ आइतवार २१:००




















