‘राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ?’ : सांसद गगन थापा
वि.सं.२०७७ जेठ २५ आइतवार २०:४६
1.2K
shares
काठमाडौं: नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधि सभा बैठकमा शिक्षा मन्त्रालयको बजेट सम्बन्धि छलफलमा भाग लिँदै उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर राजाले बक्सिस बाँडेको जस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा पैसा दिने गरी कार्यक्रम ल्याइएको टिप्पणी गरेका छन् ।
राष्ट्रपतिलाई श्री ६ बनाउन खोजिएको भन्दै संसदमा थापाले प्रश्न गरे, ‘राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ?’ यस्तो कार्यक्रम संघीयता, संविधान र व्यवस्था विरोधी भन्दै सांसद थापाले गत वर्ष ५ अर्ब छुट्याइएकोमा यस वर्ष बढाएर ६ अर्ब बनाएकोमा आपत्ति जनाए । उनले शिक्षा मन्त्रालयको आगामी वर्षको बजेट र कार्यक्रमले शिक्षा क्षेत्र र सांसदलाई निराश बनाएको पनि बताए ।
कोरोना भाइरसले ल्याएको अवसर स्वास्थ्य मन्त्रालयले निराश बनाएको अवस्थामा शिक्षा भन्त्रालयले झन् निराश बनाएको टिप्पणी उनको थियो । मन्त्रालयको विनियोजन र कार्यक्रममाथि मन्त्री नै असन्तुष्ट रहेको भन्दै उनले भने, ‘मन्त्री आफै गनगन गरेर हिँडिराख्नुभएको छ–अर्थमन्त्रीले मेरो कुरा सुनिदिनुभएन, भनेर । हामीले शिक्षामन्त्रीलाई भनेर के अर्थ ? उहाँ आफैं दुखी हुनुहुन्छ । आफैं पीडित हुनुहुन्छ ।’
तलब नपाएका शिक्षकहरूलाई नसम्भिएको, विश्वविद्यालयका आंशिक प्राध्यापक भोकै रहँदा वास्ता नगरिएको, ७ हजार विद्यालयमध्ये ७ सय विद्यालयमा मात्रै शिक्षकको दरबन्दी पुगेको तीतो यथाथए सम्बोधन नगरिएको उनले बताए । ९० लाख विद्यार्थी विद्यालय नगएको बारे बजेटले सम्बोधन गर्न नसकेको भन्दै उनले एसईई खारेज गर्न माग गरे ।
वि.सं.२०७७ जेठ २५ आइतवार २०:४६




















