YouTube Link

मोजाम्बिकमा खतरनाक समुद्री आँधी, मृत्यु हुनेको संख्या एक हजार नाघ्यो बेयरा शहर ९० प्रतिशत ध्वस्त

Facebook Link

अफ्रिकी मुलुक मोजाम्बिकमा ‘इडाई’ नामक खतरनाक समुद्री आँधीका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

राष्ट्रपति फिलिपे नुसीले मृतकको संख्या एक हजार नाघेको हुन सक्ने बताए पनि यकिन तथ्यांक आउन सकेको छैन । प्रतिघण्टा एक सय ७७ किलोमिटरको वेगमा आएको आँधीले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति पुर्याएको छ । गत बिहीबारदेखि मुसलधारे वर्षासहितको आँधीले क्षति पुर्याए पनि सो शहरमा आइतबाबाट उद्दारकर्मी पुगेका छन् । त्यसपछि मात्रै सो आँधीले मच्चाएको विध्वसंको विवरण बाहिर आएको हो । बेयराको निरीक्षणमा गएका राष्ट्रपति नुसीले आँधीले ठूलै विध्वस गरेको बताएका छन् ।

झण्डै पाँच लाख मानिसको बसोवास गर्दै आएको बेयरा शहर ९० प्रतिशत ध्वस्त भएको बताइएको छ । बेयरामा आँधीले क्षति नपुर्याएको घर भेट्न मुस्किल परेको उद्दारकर्मीहरुले जनाएका छन् । उद्दारकर्ताहरूले शहरबाहिर झनै विकराल समस्या भएको हुनसक्ने बताएका छन् । धेरै ठाउँमा बिजुली र सञ्चार सम्पर्क टुटेको छ । सडकहरू सहित धेरै ठाउँमा जमिन भासिएका छन् जसका कारण राहत कार्य झन चुनौतीपूर्ण हुने बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...