बुन्डेसलिगामा आज दुई खेल हुँदै, बार्यन र बर्लिन तथा एफसी कोलोन र मेन्जबीच प्रतिस्पर्धा
वि.सं.२०७७ जेठ ४ आइतवार १०:३८
1.5K
shares
एजेन्सीः जर्मन बुन्डेसलिगामा आज दुई खेलहरु हुँदैछ । दर्शक विहिन खाली रंगशालामा हुने खेलमा शीर्ष स्थानको बार्यन म्युनिख र युनियन बर्लिन तथा एफसी कोलोन र मेन्जबीच प्रतिस्पर्धा हुनेछ । उपाधि होडमा रहेको बार्यन र रेलिगेशनबाट बच्न संघर्षरत देखिएको मेन्ज दुवैलाई खेल महत्वपुर्ण हुनेछ ।
शीर्ष स्थानको बार्यनको २५ खेलबाट ५५ अंक छ । शनिबारराति जित निकाल्दै बोरुसिया डर्टमण्ड र बोरुसिया मोन्चेनग्लाडवाचले शीर्ष स्थानको बार्यनमाथि दबाब बढाएका छन् । घरेलु मैदानमा बर्लिनमाथि जित निकाल्दै बार्यनलाई तालिकामा अग्रता बढाउने अवसर छ ।
अर्को खेलमा रेलिगेशन जोनबाट बच्न संघर्षरत मेन्जले कोलोनसँग प्रतिस्पर्धा गर्नेछ । रेलिगेशन जोन भन्दा मात्र एक स्थानमाथि रहेको मेन्जलाई जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अवसर प्राप्त छ । मेन्ज २६ अंक सहित तालिकाको १५ औ स्थानमा छ । कोलोन ३२ अंक सहित शीर्ष दसभित्र अटाएको छ ।
वि.सं.२०७७ जेठ ४ आइतवार १०:३८


















