YouTube Link

बुन्डेसलिगामा डर्टमण्डको शानदार जित, खेलाडीले खुशीयाली साटासाट गर्न पाएनन्

World Cup 2026
Facebook Link

एजेन्सी: कोरोना महामारीपछि फर्किएको जर्मनीको बुन्डेस लिगामा बोररुसीया डर्टमण्डले सानदार विजयी शुरुवात गरेको छ । बुन्डेस लिगाको पहिलो खेलमा लिग उपाधिको दौडमा रहेको बोरुसीया डर्टमण्डले साल्केमाथि शानदार ४–० गोल अन्तरको जित निकाल्यो । डर्टमण्डले जित निकाल्ने क्रममा पहिलो र दोश्रो हाफमा समान २–२ गोल गरेको थियो । डर्टमण्डलाई जित दिलाउने क्रममा राफेल गुरेरोले २ तथा एर्लिङ्ग हाल्याण्ड र थोर्गन हजार्डले समान एक एक गोलको योगदान दिए ।

डर्टमण्डका लागि ३१औं मिनटमा हजार्डले गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा जुलिआन ब्रान्डले दिएको पासलाई गुरेरोले गोलमा परिणत गर्दै पहिलो हाफमा डर्टमण्डलाई २–० को अग्रता दिलाए । दोश्रो हाफमा आक्रामक शुरुवात गरेको साल्के विरुद्ध ४८औं मिनटमा थोर्गन हजार्डले गोल गर्दै डर्टमण्डलाई ३–० को अवस्थामा पुर्याए ।

यसपछि खेलको ६३औं मिनटमा एर्लिङ्गसँगको वान टु असिस्टमा गुरेरोले डर्टमण्डलाई ४–० को स्पष्ट जित दिलाए । जितसँगै तीन अंक बटुलेको डर्टमण्डले शिर्ष स्थानमा रहेको वायर्न म्युनिखसँगको अंकदूरी १ मा घटाएको छ । २६ खेल खेलेको डर्टमण्डको ५४ अंक भएको छ भने वायर्नको २५ खेलमा ५५ अंक छ । पराजित साल्के २ स्थान खस्कदै आठौ स्थानमा पुगेको छ ।

यस्तै गएराती भएको अन्य खेलमा फ्रेइबर्गदे आरबीले लेप्जिगलाई १–० ले हरायो भने हेर्था बर्लिनले होफेनमाथि ३–० को फराकिलो जित दर्ता गर्यो । उता अक्सबर्गलाई वुल्फ्स्बर्गले दुई एक गोल अन्तरले पाखा लगायो । अर्को खेलमा डुसेल डर्फले पेडर्नबर्नसँग खेल गोल रहित बराबरीमा टुङ्गयाएको छ । सामजिक दूरी सहित विभिन्न सुरक्षा उपाय अपनाउने शर्त सहित शुरु भएको बुन्डेस लिगाको सबै खेल बिना दर्शक भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...