काठमाडौंमा आजबाट दश हजार जनामा कोरोना परीक्षण गरिँदै
वि.सं.२०७७ जेठ १ बिहीवार १०:३६
1.7K
shares
काठमाडौं: नेपाल सरकारले काठमाडौंमा आजबाट कोरोना परीक्षण गर्ने भएको छ । राहत वितरण गर्ने स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षणको तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो दिन कालीमाटी तरकारी बजारमा रहेका तरकारी व्यापारीको नमूना संकलन गरेर परीक्षण गर्ने मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा मात्र दश हजार जनाको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैलाई लाइनमा राखेर पहिलो व्यक्तिको पीसीआर परीक्षण हुनेछ भने त्यसपछिका दुईजनाको आरडीटी परीक्षण हुनेछ । चौथो व्यक्तिको फेरि पीसीआर परीक्षण हुनेछ । कोरोना परीक्षणमा कसैलाई पोजेटिभ देखिएमा उसको कन्ट्याक ट्रेसिङ गरेर पीसीआर गर्ने बताइएको छ ।
वि.सं.२०७७ जेठ १ बिहीवार १०:३६



















