नेपालमा २४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ४३ पुग्यो
वि.सं.२०७७ वैशाख ३१ बुधवार २१:१८
1.5K
shares
काठमाडौं: नेपालमा फेरि २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा जम्मा संक्रमितको संख्या २ सय ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अनुसार रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा २४ जना कोरोना संक्रमित भेटिएका हुन् ।
अधिकारीका अनुसार रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३४ र ४१ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो। त्यस्तै रुपन्देहीमै ४, १० र २८ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । त्यसैगरी कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो । त्यस्तै नवलपरासीमा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन् । त्यहाँ ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अर्कातिर पर्सामा थप तीनजना कोरोना संक्रमित भेटिएका छन् । त्यहाँ ३६ र ७४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ भने ३६ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । सहप्रवक्ता अधिकारीका अनुसार कोरोना भेटिएका सबैजनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । यसअघि बुधबारै दिउँसो बाँके र कपिलवस्तुमा दुईजना कोरोना संक्रमित भेटिएका थिए ।
वि.सं.२०७७ वैशाख ३१ बुधवार २१:१८



















