YouTube Link

नेपाली भू-भाग लिपुलेकमा भारतले बनायो सडक, भिडियो कन्फरेन्स मार्फत चीन जोड्ने रुटको उद्घाटन

Facebook Link

काठमाडौं: भारतले नेपालको भू-भाग लिपुलेक हुँदै मानसरोवर मार्गसँग जोड्ने सडकको शुक्रबार उद्घाटन गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत नेपालको लिपुलेक हुँदै चीन जोड्ने सो रुट उद्घाटन गरेका थिए ।

कुटनीतिज्ञ तथा सीमाविदहरुले भारतको एकपक्षीय कदमको नेपालले कडा विरोध गर्नुपर्ने बताएका छन् । भारतले धार्चुलाको घटियागाढबाट लिपुलेकसम्मको ८० किलोमिटर लामो सडक निर्माण गरेर नेपालको भूमिसमेत अतिक्रमण गर्दै सो मार्ग सञ्चालनमा ल्याएको हो । गत कात्तिकमा नै भारतले नेपालको कालापानीसहितको क्षेत्रलाई समावेश गरेर नक्सा जारी गरेको थियो । त्यसपछि कुटनीतिक नोट पठाउँदै नेपालले त्यसको विरोध गरेपनि यस विषयमा दिल्लीसँग काठमाडौंले वार्ता गर्न सकेको छैन ।

नेपालले सीमा सम्बन्धी विवाद समाधान गर्न भारतलाई सचिवस्तरीय वार्ताको प्रस्ताव गरेपनि भारतले त्यसप्रति तत्परता देखाएको छैन । अहिले आएर त्यस क्षेत्रमा सडक नै सञ्चालनमा ल्याएर झन् बल मिच्याइँ गरेको छ । वार्ताको माध्यमबाट सीमा समस्याको समाधान खोज्ने बताउँदै आएको दिल्लीले वार्ता गर्ने काठमाडौंको प्रस्तावलाई बारम्बार बेवास्ता गर्दै अतिक्रमणका थप प्रयास गर्दै आएको छ ।

नेपाल र भारतको सीमा क्षेत्रमध्ये दार्चुलाको लिम्पियाधुरा, लिपुलेकसहित कालापानी क्षेत्र र नवलपरासीको सुस्तामा सीमा निर्धारण हुन सकेको छैन । सन् १८१६ को सुगौली सन्धिले काली (महाकाली) नदीलाई नेपाल र भारतबीचको सीमा नदी माने पनि अहिलेसम्म नदीको उद्गमस्थलबारे एकमत हुन सकेको छैन । सोही सन्धिका आधारमा नेपालले लिम्पियाधुराबाट आएको नदीलाई महाकालीको मुहान भनी अन्य बिभिन्न ऐतिहासिक दस्तावेज समेत पेश गर्दै आएको छ । तर भारतले लिपुलेकभन्दा पनि पूर्वतर्फको सानो खोल्सोलाई नै महाकाली मुहान भनी दाबी गर्दै आएको छ ।

सन् २०१४ अगस्तमा प्रधानमन्त्रीको रुपमा पहिलो पटक नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाद्वारा जारी संयुक्त विज्ञप्तिमा कालापानी सहितका क्षेत्रको विषयमा आवश्यक काम गर्न दुवै देशका परराष्ट्र सचिवहरुलाई निर्देशन दिइएको थियो । तर अहिलेसम्म सीमाबारे सचिवस्तरीय वार्ता समेत हुन सकेको छैन ।

दोक्लम क्षेत्रमा सन् २०१७ मा चीनले सडक निर्माण गर्न खोज्दा भारतीय सैनिक त्यहाँ पुगेर अवरोध गरेका थिए । भारत र चीनबीच झण्डै युद्धको रुप लिएको त्यो समस्या ७२ दिनपछि कुटनीतिक वार्ताको माध्यमबाट समाधान गरिएको थियो । तत्कालका लागि दोक्लम क्षेत्रको यथास्थितिमा कुनैपनि परिवर्तन नगर्ने सहमति भारत र चीनबीच भएपछि सो विवाद टुंगिए पनि समस्यको दीर्घकालीन समाधान अझै भएको छैन । भारत र भुटानबीचको द्विपक्षीय सहमति अनुसार आफ्नो सेना दोक्लम पुगेको बताउँदै आएको भारतले चीनले एकपक्षीय रुपमा त्यहाँको यथास्थितिमा परिवर्तन गर्न नपाउने अडान लिँदै आएको थियो ।

कालापानी क्षेत्रलाई भारतले विवादास्पद् भनेको छ भने नेपालले आफ्नो भूमि भारतले अतिक्रमण गरेकोमा विरोध जनाउँदै आएको छ । सो क्षेत्रमा भारतले अतिक्रमण गरी सैनिक शिविर समेत राखेको छ । गत कात्तिकमा भारतले एकपक्षीय रुपमा नेपालको कालापानी क्षेत्रलाई समावेश गरी नक्सा जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको समन्वयमा सबै दलका नेता, पूर्वप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरुको बैठक बसेको थियो । सो बैठकले कालापानी नेपालको भू-भाग भएको हुँदा भारतसँग संवाद गरी सो क्षेत्र नेपाली भूमिको रुपमा कायम राख्न एकमतले सुझाव दिएका थिए । नेपालभित्र यो विषय लामो समयदेखि गम्भीर राजनीतिक एजेन्डा बन्दै आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...