YouTube Link

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिका सहयोगीमा कोरोना संक्रमण पुष्टि

Facebook Link

एजेन्सीः अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति दुवैका नजिकका मान्छेमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि शुक्रबार उपराष्ट्रपति माइक पेन्सीकी प्रेस सेक्रेटरी पनि संक्रमित देखिएकी हुन् ।

योसँगै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्स दुवैलाई उच्च निगरानीमा राखेर कोरोना रहे/नरहेको निर्क्योल गर्न दैनिक परीक्षण गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । राष्ट्रपतिलाई सुरक्षित राख्न हरेक उपाय अपनाइएको ह्वाइट हाउसले जनाएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार उपराष्ट्रपति पेन्सकी प्रेस सेक्रेटरी केटी मिलर राष्ट्रपति ट्रम्पका सहयोगी स्टिफन मिलरकी श्रीमती हुन् । ह्वाइट हाउसमा रिपब्लिकन नेतासँगको भेटमा राष्ट्रपति ट्रम्पले भने, ‘लामो समयसम्मको परीक्षणमा उनमा संक्रमण देखिएको थिएन । तर शुक्रबार अचनाक उनी संक्रमित रहेको पुष्टि भयो ।’

अहिले विश्वमा कोरोना भाइरसको चपेटामा सबैभन्दा बढी अमेरिका नै परेको छ । त्यहाँ अहिलेसम्म कोरोनाबाट ७७ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १२ लाख ८३ हजार भन्दा बढी संक्रमित भइसकेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...