लकडाउनको अबधिभर पत्रकारलाई नि:शुल्क दन्त परीक्षण गरिने
वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:३९
1.4K
shares
काठमाडौं: कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनको अबधिमा कोही पनि पत्रकारहरु दाँतको समस्याबाट पीडित छन् भने संचार केन्द्र नेपाल र ॐ समाज डेन्टलले निशुल्क उपचार गर्ने भएको छ । दाँत सबन्धी बिशेषज्ञ डा सुवास घिमिरेको नेतृत्वमा ॐ समाज डेन्टलले पत्रकारहरुलाई शुक्रबारदेखि नि:शुल्क उपचार प्रारम्भ गरेको छ ।
नि:शुल्क उपचार कार्यक्रम सञ्चार केन्द्रको कार्यालयमा पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गर्दै लकडाउनको कठिन समयमा पनि पत्रकारहरुका लागि नि:शुल्क उपचार गरेकोमा प्रशंसा गर्दै पिडितको मुख नजिक गएर उपचार गर्नुपर्ने भएकोले बिशेष सतर्कता अपनाउन चिकित्सकहरुलाई आग्रह गरे ।
ॐ समाज डेन्टलले अशक्त पत्रकारका लागि घरमै पुगेर पनि उपचार गर्ने भएको छ । डा घिमिरेले दाँतलाई स्वस्थ राखि राख्ने उपायबारे बिस्तृत रुपमा जानकारी समेत गराए । शुक्रबार शुरु भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल वरिष्ठ पत्रकार टंक पन्त, तीर्थ कोइराला, शम्भु श्रेष्ठ, पुरु रिसाल, दामोदर दवाडी, बालकृष्ण बस्नेत, सागर पण्डित बिएन दाहाल लगायतले दाँत परिक्षणको सेवा लिएका थिए ।
वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:३९



















