फेसबुकमा लाइभ भिडियो हेर्नका लागि शुल्क लगाउने फेसबुकको तयारी
वि.सं.२०७७ वैशाख २४ बुधवार १७:३४
1.4K
shares
एजेन्सीः फेसबुकले लाइभ भिडियो हेर्नका लागि शुल्क तिर्नुपर्ने व्यवस्था गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारीपछि जारी लकडाउनले समस्यामा परेका कलाकारहरुलाई सहयोग गर्ने उद्देश्यले केही साताभित्रै शुल्क लिने तयारी गरिएको हो ।
कलाकारहरुले फेसबुक लाइभ मार्फत् आफ्नो प्रस्तुति दिए वापत उनीहरुलाई शुल्क तिरिने छ । यसबाट सर्जक तथा साना व्यवसायीहरुलाई समेत लाभ प्राप्त हुने फेसबुकले जनाएको छ । लाइभ भिडियोमा शुल्कको व्यवस्था लागू गर्नका लागि फेसबुकले एक नयाँ फिचर थप गर्नेछ ।
जस अनुसार फेसबुक लाइभ गर्ने फेसबुक प्रयोगकर्ताले लाइभमा आउनुअघि नै आफ्नो लाइभ भिडियो अरुलाई नि:शुल्क रुपमा देखाउने कि स:शुल्क बनाउने भन्ने विकल्प रोज्न सकिनेछ आफ्नो लाइभ भिडियोलाई शुल्क तिरेर मात्र अन्यले हेर्न सक्ने विकल्प लाइभकर्ताले छनोट गरेमा भिडियो हेर्नका लागि दर्शकहरुले तिरेको शुल्कको निश्चित रकम लाइभकर्तालाई फेसबुकले प्रदान गर्नेछ ।
फेसबुकको यो नयाँ फिचर मार्फत् प्रयोगकर्ताले आफ्नो लाइभ भिडियोबाट आफुले आर्थिक लाभ लिने नभइ कुनै कल्याणकारी कार्यका लागि कोष संकलन गर्न सक्नेछन् । यस्ता प्रयोगकर्ताले आफ्नो लाइभ स्ट्रिममा कल्याणकारी कार्यका लागि भन्ने खुलाएमा संकलित सबै रकम नै फेसबुकले गैरनाफामूलक संस्थाहरुको खातामा जम्मा गरिदिनेछ ।
वि.सं.२०७७ वैशाख २४ बुधवार १७:३४




















