कोरोना भाइरसका कारण विश्वभर २ लाख ४८ हजार भन्दा बढीको मृत्यु, ३५ लाख ६२ हजारभन्दा बढी संक्रमित
वि.सं.२०७७ वैशाख २२ सोमवार १०:४१
1.3K
shares
एजेन्सी: विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४८ हजार भन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म २ लाख ४८ हजार २ सय ८६ जनाको मृत्यु भइसकेको छ ।
सबैभन्दा धेरै अमेरिकामा ६८ हजार ५ सय ६९ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १ सय २५ जनाको ज्यान गएको छ । इटलीमा २८ हजार ८ सय ८४, स्पेनमा २५ हजार २ सय ६४, बेलायतमा २८ हजार ४ सय ४६, फ्रान्समा २४ हजार ८ सय ९५ जनाको मृत्यु भईसकेको छ ।
कोरोना भाइरसको संक्रमितको संख्या ३५ लाख ६२ हजार नाघिसकेको छ । २१ लाख ६१ हजार ५ सय १३ जनाको उपचार भइरहेको छ । जसमध्ये ५० हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ ।
वि.सं.२०७७ वैशाख २२ सोमवार १०:४१



















