Texas College
YouTube Link

रियल मड्रिडले आउँदो सिजन आफ्नो टिममा ब्यापक परिवर्तन ल्याउने योजनामा

Facebook Link

काठमाडौं: रियल मड्रिडले आउँदो सिजनमा टिममा ब्यापक परिवर्तन गर्ने योजना बनाएको छ । यसअघि खेलाडी अनुबन्धनमा अघि रहँदै आएको रियल मड्रिडले लगातार दोस्रो समरमा खेलाडी बेच्ने अभियान चलाएको छ ।

प्रशिक्षक जिनेदिन जिदानले पहिलो ११ लाई ताजगी दिन चाहन्छन् । अहिले पहिलो टिमका २५ वटै स्थान पूर्ति भएको छ । हाल ११ जना खेलाडी लोनमा विभिन्न क्लबबाट खेलिरहेका छन् । ग्यारेथ बेल, जेम्स रोड्रिगेज, लुकास भाज्क्वेज र मारियानो डियाज यो समरमा बिक्री हुने चार खेलाडी हुन् । त्यसबाहेक सान्टियागो बर्नाबाउले अन्य दुई खेलाडीलाई बेचेर आर्थिक सङ्कट टार्ने योजनामा रहेको बुझिएको छ ।

वेल्सका खेलाडी बेल जिनेदिन जिदानको रणनीतिमा कहिले पनि अटाउन सकेका छैनन् । त्यसैले जिदान उचित रकम पाए बेल बेच्न चाहन्छन् । यस्तै जेम्स रोड्रिगेजका लागि आएका प्रस्तावहरुमा पनि रियल मड्रिड विचार गरिरहेको छ । लुकास भाज्क्वेज, मारियानो डियाज, अल्भारो ओड्रिजोला र नाचो फर्नाण्डेजलाई बेचेर रियल मड्रिड पूरै स्क्वाडमा नयाँपन दिन चाहन्छ ।

कोरोना भाइरसका कारण विश्व फुटबल बजारमा ठूलो सङ्कट आउने निश्चित छ । रियल मड्रिडको स्क्वाडको बजार मूल्य पनि झण्डै १८ प्रतिशतले घट्नेछ । यस्तो अवस्थामा रियलले ६ जना खेलाडीलाई बेचेर एक सय २१ मिलियन युरो भित्र्याउन चाहन्छ । रियल मड्रिडको पूरा स्क्वाडको मूल्य एक सय ९१ दशमलव ५ मिलियन युरो छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...