कोरोना महामारीले ३२ वर्ष पुरानो बोइङ बिक्री प्रक्रियामा प्रत्यक्ष असर, नेपाल एयरलाइन्सको ६७ करोड जोखिममा
वि.सं.२०७७ वैशाख २ मंगलवार १७:१९
1.4K
shares
काठमाडौं: नेपाल वायुसेवा निगमको ३२ वर्ष पुरानो बोइङ बिक्री प्रक्रियामा कोरोना महामारीको प्रत्यक्ष असर देखिएको छ । कोरोनाकै कारण नेपाल वायुसेवा निगमले बिक्री गर्न लागेको बोइङ जहाजबाट हुने आम्दानी पनि डुब्ने जोखिम बढेको हो । निगमले ३२ वर्ष पुरानो बोइङ ६७ करोड रुपैयाँमा बिक्री गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको थियो ।
बोइङ बिक्रीका लागि नेपाल वायुसेवा निगमले खरिदका लागि लिलामी प्रक्रियाबाट बढी रकम दिने भनी कबुल गरेको कम्पनीलाई दुई पक्षीय सम्झौताका लागि समेत पत्रचार गरेको थियो । निगमले नेपाल एयरलाइन्सको ३२ वर्षे पुरानो जहाज बोइङ बिक्रीका लागि जनवरीमै पोल्यान्डको एसबिएस एयरक्राफ्ट एन्ड लिजिङ कम्पनीलाई पत्रचार गरको थियो ।
निगमको बोइङ फेब्रुअरीभित्रै उडान गरेर लैजानुपर्ने थियो । फेब्रुअरीभित्र उडान गर्न नसेकेको अवस्थामा उक्त जहाज कवाडीमा बिक्री गर्नुपर्ने अवस्थामा थियो । तर, कोरोनाका कारण उक्त जहाज बिक्रीका लागि दुई पक्षीय खरिद बिक्री सम्झौता हुन नसक्दा ६७ करोड रुपैयाँ डुब्ने जोखिम बढेको हो । निगमको बोइङ जहाज ५७ लाख १० हजार अमेरिकी डलरमा सिएसबिएसलाई बिक्री गर्ने निर्णय भएको थियो ।
जहाज खरिदका लागि तीन वटा कम्पनीको आवेदन परेको थियो । बोइङ खरिदका लागि दुई वटा अमेरिकी कम्पनी र एउटा पोल्यान्डको कम्पनीले आवेदन दिएका थिए । अमेरिकी कम्पनी एभियोन र एमके एभिएसनका साथै पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले खरीदका लागि आवेदन दिएका थिए ।
निगमले पहिलो पटक निमगले ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात् ८७ करोड ५० लाख रुपैयाँलाई आधारमूल्य तोकेको थियो । तर, उक्त सूचनाको कुनैपनि कम्पनी नआएपछि तेस्रो पटक तर सो भन्दा १९ लाख ६६ हजार अमेरिकी डलर कममा निगमले जहाज विक्री गर्ने निर्णय गरेको थियो ।
निगमले पहिलो पटकको टेन्डरमा तोकेको न्यूनतम मूल्यमा विमान खरिदका लागि आवेदन नपरेपछि पुनः दोस्रो पटक समय थप गरेको थियो । टेन्डरमा दुई वटा कम्पनीको आवेदन परे पनि आधार मूल्यभन्दा कम थियो । दोस्रो पटक पनि कुनै कम्पनीले आवदेन नदिएपछि लिलामीका लागि १५ दिनको समयसीमा निर्धारण गरी सूचना जारी गरेको थियो । दुई पटकसम्मको आवेदनमा कसैले जहाज खरिद गर्ने ईच्छा नराखेपछि तेस्रोपटक जहाज बिक्रीका लागि लिलामी प्रक्रियाबाट कम्पनी छनोट गरेको थियो ।
वि.सं.२०७७ वैशाख २ मंगलवार १७:१९



















