YouTube Link

कोरोना संक्रमित थपिन थालेपछि स्वास्थ्य मन्त्रालयद्वारा सिक्स-टी को फर्मुला रणनीति

Facebook Link

काठमाडौं: केही दिनयता नेपालमा दैनिकजसो कोरोना संक्रमित थपिइरहेका छन् । वीरगन्जमा एकैसाथ तीन जनामा कोरोना संक्रमण पुष्टि भएको भोलिपल्टै सोमबार अन्य दुई जनामा यस्तो संक्रमण देखिएको छ भने यसको संख्या अरू बढ्ने संकेत देखापरेका छन् ।

यसैकारण यो महामारी रोकथाम तथा बिरामीको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना रणनीति थप परिस्कृत र परिमार्जन गरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आफ्नो मन्त्रालयले ६-टीको फर्मुला (सूत्र)का आधारमा रणनीति अघि बढाएको जानकारी दिएका हुन् ।

सरकारले अघि सारेका ६ सूत्रः

१‍. पहिलो टी अर्थात् ट्राभल रेस्ट्रिक्सनः
यो भनेको आवतजावत बन्द गर्नु हो । यस अन्तर्गत बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्ग बन्द गरिएका छन् भने नेपालभित्र पनि लकडाउन गरिएको छ । यो अवस्थामा विदेशबाट नेपाल भित्रिएका व्यक्ति क्वारेन्टिनमा रहन जरुरी छ । जसले गर्दा संक्रमण भएको भए एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् । हाल विश्वका धेरैजसो देशले यही रणनीति अपनाएका छन् र यो प्रभावकारी पनि साबित भएको छ। लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ, तर देशलाई संक्रमणबाट बचाउन यो अपरिहार्य छ ।

२. दोस्रो टी अर्थात् टेस्टिङः
यस अन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टिनमा रहेका सबै व्यक्तिको नमुना (स्वाब) परीक्षण गर्ने र होम क्वारेन्टिनमा रहेकाहरूको पनि आवश्यकता अनुसार नमुना परीक्षण गर्ने नीति लिइएको छ । कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधिमा गर्ने भन्ने विषयमा स्वास्थ्य विज्ञका सुझाव अनुसार मन्त्रालयले कार्यविधि बनाई व्यवस्थित गरेको छ । यसको उद्देश्य परीक्षण दायरा बढाई धेरैभन्दा धेरै व्यक्तिको नमु्ना परीक्षण गर्नु हो ।

३. तेस्रो टी अर्थात् ट्रेसिङः
यो भनेको संक्रमित व्यक्तिका परिवार, नजिकका व्यक्ति तथा संक्रमितसँग नजिकको सम्पर्कमा आएकाहरू पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो । धेरैजसो संक्रमितको ट्रेसिङ सकिएको मन्त्री ढकालले बताए । पछिल्लो समय पहिचान भएका संक्रमितको पनि ट्रसिङ भइरहेको उनले जानकारी दिए । यो काम इपिडिमियोजलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रूपमा गरिरहेको छ ।

४. चौथो टी अर्थात् ट्रयाकिङः
सम्भावित संक्रमित र संक्रमित व्यक्तिले एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गरेका भएमा त्यो एकिन गरी उनीहरूलाई आइसोलेसनमा राख्न अनुगमन गर्ने विधि हो यो । यसका लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोली, उच्चस्तरी समिति एमसीसी, तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित फोन सेवा, मोबाइल एप र वेबसाइट मार्फत ट्रेकिङलाई थप व्यवस्थित गरिएको छ । यसलाई अझ व्यवस्थित गर्न व्यक्तिहरू क्वारेन्टिनमा रहे/नरहेको अनुगमन गर्नुपर्ने हुन्छ । यसका लागि स्वास्थ्य मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको छ भने स्थानीय तथा प्रदेश सरकारका जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, र सम्बन्धित सबै सरोकावालालाई यसमा सहयोग, समन्वय र सहकार्य गर्न मन्त्रालयले आग्रह गरेको छ ।

५. पाँचौ टी अर्थात् ट्रिटमेन्टः
संक्रमण पुष्टि भएका व्यक्तिको उपचार जारी छ भने सम्भावित संक्रमितको संख्या आकलन गरी योजनाबद्ध तरिकाले उपचार व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले रणनीति बनाएको छ । कोरोना संक्रमितको उपचारका लागि काठमाडौं उपत्यका तथा बाहिरका विभिन्न अस्पताल तोकिएका छन् । कोरोना संक्रमण सम्बन्धी सम्पूर्ण उपचार सरकारले निःशुल्क गर्ने प्रबन्ध मिलाएको छ । अन्य आकस्मिक र निरन्तर उपचारका क्रममा रहेका बिरामी समस्यामा नपरुन् र उनीहरूलाई सर्वसुलभ रूपमा सेवा प्रवाह होस् भन्ने विषयमा पनि मन्त्रालय गम्भीर रहेको मन्त्री ढकालको भनाइ छ । यस महामारीको घडीमा के सरकारी, के गैरसरकारी सबै किसिमका अस्पतालबाट उपचार गर्नुपर्ने हुन्छ । त्यसैले देशभरका सबै किसिमका अस्पताल सञ्चालन गर्ने योजनासाथ मन्त्रालय तयारी अवस्थामा रहेको उनले जानकारी दिए । यसमा सबै पक्षको सहयोगको अपेक्षा मन्त्रालयले गरेको छ ।

६. छैठौं टी अर्थात् टुगेदरः
मन्त्री ढकालका अनुसार कोरोनाको सम्भावित महामारी रोक्न स्वास्थ्य मन्त्रालय मात्र होइन, सिंगो देश नै लागिपरेको छ । उच्चस्तरीय समिति, सीसीएमसीदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म विभिन्न तहमा कमिटी बनाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अभियान व्यवस्थित रूपमा भइरहेको उनले जानकारी दिए । साथै अन्य मन्त्रालय तथा निकायमा समेत विषयगत समिति सक्रिय रहेको उनले बताए। यसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक दैनिक उपभोग्य वस्तु व्यवस्था गर्ने, सरकारी तथा गैरसरकारी संघ/संस्था तथा सञ्चारमाध्यमलगायत सबै मिलेर मात्र कोरोनाविरुद्धको लडाइँ जित्न सकिने मन्त्रालयले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...